Trending
Prev Story
Next Story

कौडा खेलेको आरोपमा १५ जना पक्राउ

Onlinekhabar •
November 08, 2026 • 06:30 AM
1
1 reads 0 reactions

२२ कात्तिक, धनकुटा । धनकुटामा कौडा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पाख्रिबास नगरपालिका-४ स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो । पाख्रिबास नगरपालिका-४ का गणेश गुरुङको …

कौडा खेलेको आरोपमा १५ जना पक्राउ

२२ कात्तिक, धनकुटा । धनकुटामा कौडा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पाख्रिबास नगरपालिका-४ स्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो ।

पाख्रिबास नगरपालिका-४ का गणेश गुरुङको घरमा जुवा खेल भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १६ वटा कौडासहित नगद १६ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ ।

साथै पक्राउ परेका १५ जनाको साथबाट थप २ लाख ९६ हजार ८ सय रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट कुल ३ लाख १३ हजार ३ सय रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिए ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
3d ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ

धनकुटामा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ

धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

#कौडा #धनकुटा
Compare →
Hamro Patro News
3d ago
भक्तपुरबाट ४९ जना जुवाडे पक्राउ

भक्तपुरबाट ४९ जना जुवाडे पक्राउ

भक्तपुर : भक्तपुरमा गएराति जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ परेका छन्। मध्यपुर थिमि नगरपालिका-५, एसएस चोकस्थित लोकल खाजाघर बाट रु ९९ सय हजार १ सय ५० रुपैयाँ नगद सहित ९ जना पक्राउ परेका जिल्...

#परे #नगरपालिका
Compare →

Related Stories

National (Nepal)
Build #2611