Trending
Prev Story
Next Story

काठमाडौंका ३३ स्थानबाट स्वदेशी फूलमाला किनबेच, प्लास्टिकका निषेध

Onlinekhabar •
November 08, 2026 • 04:00 AM
1
1 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकोदिएको छ । ती तोकिएका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ । महानगरले स्वदेशी फूल तथा माला …

काठमाडौंका ३३ स्थानबाट स्वदेशी फूलमाला किनबेच, प्लास्टिकका निषेध

२२ कात्तिक, काठमाडौं । प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकोदिएको छ । ती तोकिएका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ ।

महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ ।

त्यसैगरी चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएलटावर अगाडि पनि स्वदेशी फूलमाला बेच्न पाइनेछ ।

कमलादीस्थित आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्म चक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर र माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि स्वदेशी फूलमाला बिक्रीस्थल तोकिएको छ ।

यसका अतिरिक्त कालिमाटीको कालिमाटी ब्यांक्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालय अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पलकारखाना र बालुवाटारको बिग मार्टमा पनि स्वेदशी फूलामाल बेच्न सकिने छ ।

साथै, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि स्वदेशी फूलमाला बिक्री स्थलका रूपमा तोकिएको महानगरले जनाएको छ ।

नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले वातावरण विभागसँगको समन्वयमा किनबेचस्थल तोकेको छ ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतको महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सूचनाको अवज्ञा गरी कसैले प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सम्पूर्ण सामग्रीहरू जफत गर्ने चेतावनी दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
8h ago
काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तिब्र, घाट सजाउने काम जारी

काठमाडौँ। छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी शुरु भएको छ । राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ...

#स्थान #काठमाडौंका
Compare →
Ekantipur
1d ago
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#स्थान
Compare →

Related Stories

National (Nepal)
Build #2612