Trending
Prev Story
Next Story

अन्तर्वार्ता

Ekantipur •
October 13, 2026 • 10:14:47 PM
1
1 reads 0 reactions

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले कान्तिपुरसँगको कुराकानीमा प्रहरीले आफ्नो हिसाबले अध्ययन गरिरहेको र बुझ्ने काम भइरहेको बताएका छन् ।

अन्तर्वार्ता

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले कान्तिपुरसँगको कुराकानीमा प्रहरीले आफ्नो हिसाबले अध्ययन गरिरहेको र बुझ्ने काम भइरहेको बताएका छन् ।

रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले कान्तिपुरसँगको कुराकानीमा चारित्रिकदेखि विभिन्न विषय आएको र आम नागरिकको चासो रहेकाले अनुसन्धान अघि बढाइएको बताए ।

कान्तिपुरसँगको अन्तर्वार्तामा त्रिवि केन्द्रीय वनस्पतिशास्त्र विभाग प्रमुख विजया पन्तले वनस्पतिमा आधारित उद्योगले अर्थतन्त्र उकास्न सक्ने सम्भावना औंल्याएकी छन् । अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी उत्पादन, बजार र समाजसँग जोड्नुपर्ने उनको भनाइ छ ।

‘एन्टी पोलिटिक्स’ को माहोल चिर्न कांग्रेसले आफ्नो काम गर्ने शैली नै बदल्नुपर्ने उपसभापति पदका उम्मेदवार विनोद चौधरी बताउँछन् । कान्तिपुरसँगको कुराकानीमा चौधरीले युवालाई आशा र देशमा अवसर दिने गरी आर्थिक रूपान्तरणको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

उपसभापतिका उम्मेदवार आचार्य भन्छन्– विशेष महाधिवेशनले उठाएका वैचारिक र सांगठनिक रूपान्तरणका धेरै काम बाँकी छन्, ती पूरा गर्न नै मैले उम्मेदवारी दिएको हुँ।

महामन्त्रीका उम्मेदवार पौडेल भन्छन्– विशेष महाधिवेशनपछि कांग्रेसप्रति आकर्षण बढेको छ, अब संगठनात्मक सुधार र वैचारिक रूपान्तरणका बाँकी काम पूरा गर्दै पार्टीलाई अझ बलियो बनाउनुपर्छ।

पद्मकन्या क्याम्पसको स्ववियू सभापति हुँदै कांग्रेसको केन्द्रीय सदस्य र सहमहामन्त्री भइसकेकी महालक्ष्मी उपाध्याय पार्टीको १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बनेकी छन् ।

महामन्त्रीका उम्मेदवार राणा भन्छन्– पार्टीभित्रको शंका–उपशंका अन्त्य गर्दै सबैलाई समेटेर एक ढिक्का कांग्रेस बनाउनुपर्छ, त्यससँगै आर्थिक सुधार र वैचारिक स्पष्टतामा जोड दिनेछु।

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन पार्टीका साथीहरूलाई सबैलाई समेटेर जाने प्रयत्न गरेको बताउँछन् । संगठन अथवा समग्र नागरिक हकहितका लागि लड्नु नै आफ्नो कर्तव्य ठान्ने पुनले १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीका उम्मेदवार धमला भन्छन्– युवा पुस्तालाई पार्टीसँग जोड्दै उद्योग, पर्यटन र रोजगारीका क्षेत्रमा लगानीमैत्री वातावरण बनाउनुपर्छ।

पार्टी रूपान्तरणको प्रक्रिया अझै पूर्ण नभएको भन्दै कांग्रेस महामन्त्रीकी उम्मेदवार रिता खनालले त्यसलाई सुधार गर्दै अघि बढाउनुपर्ने धारणा राखेकी छन् ।

महामन्त्रीका उम्मेदवार शर्मा भन्छन्– चुनावमा षड्यन्त्र भएन भने ५० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी हुन्छु, महामन्त्री बनेपछि आधा समय देशभरका बस्तीमा बिताउँछु ।

कांग्रेस उपसभापति पदका उम्मेदवार सुरेन्द्रराज पाण्डेले पार्टीलाई एकताबद्ध बनाउन, कांग्रेसको गुमेको शाख फर्काउन र पार्टीले सारेका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आफू नेतृत्वमा जान चाहेको बताएका छन् ।

महामन्त्रीका उम्मेदवार महरले पुस्ताबीचको प्रतिस्पर्धाभन्दा सबै पुस्तालाई समेटेर कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन्। विशेष र नविशेषको विभाजन अन्त्य गर्दै पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्ने उनको भनाइ छ।

उपसभापतिका उम्मेदवार मन्सुरले आफ्नो राजनीतिक जीवन कांग्रेसमै समर्पित गरेको बताउँदै पार्टीभित्रको पछिल्लो परिवर्तन, गगन थापाको नेतृत्व र शेरबहादुर देउवाप्रतिको आफ्नो धारणा साझा गरेका छन्।

कांग्रेस महामन्त्रीका उम्मेदवार सन्तोष उपाध्याय भन्छन्– नेतृत्वमा अनुभवसँगै युवा पुस्ताको जोस, ऊर्जा र सोच आवश्यक छ, त्यसैले आफूले एउटा पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको हुँ।

गुरुराज घिमिरे भन्छन् : विशेष महाधिवेशनबाट स्थापित नेतृत्व र तय भएका नीतिलाई १५औं महाधिवेशनबाट थप परिष्कृत गर्दै आम मानिससँग जोडेर कार्यान्वयनमा लैजान मैले फेरि महामन्त्रीमा उम्मेदवारी दिएको हो ।

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिएका शंकर तिवारी भन्छन् : साथीहरूले अब लिड गर्नुस् भन्ने सुझाव र मनसाय देखाएकाले उहाँहरूकै जोडबलमा समयको पदचापलाई बुझ्दै मैले उम्मेदवारी दिएको हुँ । पार्टीभित्र धेरै पुस्ताको प्रतिनिधित्व छ ।

२०६२–६३ को परिवर्तनपछि समाजवादको दिशामा अघि बढ्ने बेला भए पनि समाजवादमा जाने बाटोबारे अन्योल रहेको भन्दै खनालले नेपालको विशेषताअनुसारको वैज्ञानिक समाजवादबारे बहस–छलफल आवश्यक रहेको बताएका छन् ।

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् - गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरेलगायत अहिले नेतृत्व संरचनामा आएका मानिसहरू पारिवारिक वा क्षेत्रीय विरासतको भरमा आएका होइनन् ।

कान्तिपुरसँगको विशेष अन्तर्वार्तामा कांग्रेस सभापति गगन थापाले भनेका छन्- ‘मेरै वा विश्वप्रकाशका बारेमा भन्ने हो भने पनि हामी दुई कार्यकालभन्दा बढी समय रहन्नौं । हामी यसलाई संस्कृति नै बनाउन चाहन्छौं ।’

भोटेकोशी विपत्तिपछिका घटनाक्रमलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कसरी अध्ययन गरिरहेको छ अनि क्षतिको यो स्वरूप कति ठूलो हो ? विपत्तिपछि सरकारले चालेका कामको समीक्षा कसरी गर्न सकिन्छ ? यी र यस्तै विषयमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीसँग गरिएको कुराकानी ।

कान्तिपुरसँगको अन्तर्वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला(सरोज)ले बाढीपहिरोपछि यसपटकको दसैं यात्रा चुनौतीपूर्ण रहेकाले सडक पूर्वाधारदेखि सवारीसाधनसम्म पर्याप्त तयारी गर्नुपर्नेमा जोड दिए ।

प्रहरीले अहिलेसम्म जबरालाई के सुरक्षा चुनौती थियो र कोबाट थियो भन्नेबारे बताइसकेको छैन । तर उनलाई दिउँसो २ बजेतिर प्रहरीले आफन्तको जिम्मा लगाएर पठायो ।

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँगको अन्तर्वार्तामा हिमालय क्षेत्रमा बढ्दो जलवायु संकटलाई सम्बोधन गर्न नेपाल, भारत र चीनबीच त्रिदेशीय संयन्त्र बनाउन सकिने बताएका छन् ।

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् - गगन थापाकै नेतृत्वमा कांग्रेस अगाडि बढ्नुपर्छ । यस आधारमा मैले महामन्त्रीकै पदलाई निरन्तरता दिने सोचेको छु ।

कान्तिपुरसँगको अन्तर्वार्तामा भुटानी निर्देशक टासी ग्याल्जेनले फिल्म निर्माण-यात्रा, ‘द रेड फ्यालस’को कथा र दर्शन, स्वतन्त्र सिनेमाका चुनौती, नेपालसँगको सम्बन्ध लगायतका विषयमा कुरा गरेका छन् ।

एमालेका उपाध्यक्ष रघुजी पन्तले एमालेभीत्र पुनर्गठनको बहस पनि कुनै नेतालाई इच्छा लागेर आएको नभइ चुनावको परिणामले, कार्यकर्ताहरूको छटपटीले, पार्टी सदस्यहरूको छटपटीले, मतदाताहरूको आक्रोशले आएको बताएका छन् ।

महाधिवेशनबाट ७५ प्रतिशतभन्दा बढी मतसहित पाँच वर्षका लागि ओलीले पाएको म्यान्डेट बेवास्ता गरेर अहिले नेतृत्व हस्तान्तरणको बहस गर्नु असान्दर्भिक र असामयिक छलफल चलाउनु बेकार रहेको नेता थापाको भनाइ छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले रेडियो कान्तिपुरसँग कुराकानी गर्दै सरकारले संविधान संशोधन, चुनाव प्रणाली सुधार र जनजीविकाका सवालमा ध्यान नदिएकोले आफूहरू आन्दोलनमा जाने तयारीमा रहेको बताएका छन् ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612