Trending
Prev Story
Next Story

नाराबाजीसहित सरकारको राजीनामा माग

Nagarik News •
November 07, 2026 • 02:58 PM
1
1 reads 0 reactions

बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरूले सदनमै नाराबाजी गर्दै सरकारको राजीनामा मागेपछि बैठक स्थगित भएको हो।

नाराबाजीसहित सरकारको राजीनामा माग

करिब एक महिनापछि बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरूले सदनमै नाराबाजी गर्दै सरकारको राजीनामा मागेपछि बैठक स्थगित भएको हो।

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका तर्फबाट सांसदहरूलाई धारणा राख्न विशेष समय छुट्याइएको थियो। तर बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले बजेटको विरोध गर्दै सरकारको राजीनामा मागेर नाराबाजी सुरु गरेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

आधा घण्टापछि पुनः बस्नुपर्ने बैठक सभामुखकै निर्देशनमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयकी सूचना अधिकारी ताराकुमारी जोशीका अनुसार सुरुमा प्रतिपक्षी दलको अवरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर निर्धारित समयमा बैठक सञ्चालन हुन नसकेपछि सभामुखकै निर्देशनमा अनिश्चितकालका लागि स्थगित गरिएको हो।

बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विक्रम धामीले बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारको आलोचना गरेका थिए। उनले अपुरो, अधुरो र अपर्याप्त बजेट ल्याएको भन्दै सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे।

‘अर्थमन्त्री स्वयंले बजेट गलत भएको आशयको लामो वक्तव्य दिनुभएको छ। सभामुखज्यूबाट पनि यो बजेट अपुरो, अधुरो र अपर्याप्त रहेको भन्दै त्यसका लागि सात सदस्यीय संसदीय समिति बनाउने र बजेट संशोधन गर्ने आशय व्यक्त भएको छ,’ धामीले सदनमा भने, ‘सभामुख र स्वयं अर्थमन्त्रीबाट समेत बजेट गलत भएको आशय व्यक्त हुँदा सरकारले राजीनामा दिनुपर्छ।’

उनले बैठकको कार्यसूचीमा सरकारको राजीनामाको विषय समावेश नगरिएको भन्दै आपत्तिसमेत जनाए।

‘हामीले आज राजीनामा दिने विषय कार्यसूचीमा आउला भन्ने सोचेका थियौँ,’ उनले भने, ‘यो सरकारको अविलम्ब राजीनामा माग गर्दछौँ।’

धामीले सरकारको राजीनामा माग गरेलगत्तै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आ–आफ्नो स्थानबाट उठेर नाराबाजीमा उत्रिएका थिए।

उनीहरूले ‘आफैँले आफैँलाई गलत भन्ने सरकार, राजीनामा दे’, ‘असफल सरकार, राजीनामा दे’, ‘माननीय सांसद र जनतालाई भ्रम सिर्जना गर्ने सरकार, राजीनामा दे’ र ‘संवैधानिक मर्यादाको उल्लंघन गर्ने सरकार, राजीनामा दे’ लगायतका नारा लगाएका थिए।

प्रतिपक्षी सांसदहरूको नाराबाजी र अवरोधका कारण सदनको नियमित कामकारबाही अघि बढ्न नसकेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर तोकिएको समयमा बैठक पुनः बस्न नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।

बजेटको विषयलाई लिएर सुरु भएको प्रतिपक्षीको विरोधले प्रदेशसभाको बैठक नै प्रभावित भएपछि सरकारमाथि राजनीतिक दबाब थपिएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ २०:४३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
सुदूरपश्चिम : सदनमा नाराबाजी गर्दै सरकारको राजीनामा माग

सुदूरपश्चिम : सदनमा नाराबाजी गर्दै सरकारको राजीनामा माग

कैलाली । करिब एक महिनापछि बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरूले सदनमै नाराबाजी गर्दै सरकारको राजीनामा...

#राजीना #सांसद #स्थगित
Compare →
Onlinekhabar
3d ago
नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर …

#सांसद #सरकारको
Compare →
Ekantipur
1w ago
मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपाको निर्णय, चार मन्त्रीले राजीनामा दिँदै

नेकपाको मधेश प्रदेश संसदीय दलको शुक्रबारको भचुर्अल बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुको राजीनामा बुझाउन निर्णय भएको हो । मधेश प्रदेश सरकारमा नेकपाका चार मन्त्री छन् ।

#राजीना
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#राजीना
Compare →

Related Stories

Politics & Governance
Build #2611