Trending
Prev Story
Next Story

पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् ‘तिनीहरू’ को भित्री कथा

Ekantipur •
September 18, 2026 • 10:40 AM
1
1 reads 0 reactions

अविनाशविक्रम शाह निर्देशित फिल्म ‘एलाफेन्ट इन द फग’ (तिनीहरू) ९९ औं एकेडेमी अवार्ड्स (अस्कर) मा प्रतिष्पर्धाका लागि नेपालबाट छनौट भएको छ ।

पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् ‘तिनीहरू’ को भित्री कथा

अविनाशविक्रम शाह निर्देशित फिल्म ‘एलाफेन्ट इन द फग’ (तिनीहरू) ९९ औं एकेडेमी अवार्ड्स (अस्कर) मा प्रतिष्पर्धाका लागि नेपालबाट छनौट भएको छ ।

काठमाडौँ — गत १२–२३ मेमा भएको ७९ औं कान्स फिल्म फेष्टिभलमा ‘अन सर्टेन रिगार्ड’ खण्डमा जुरी अवार्ड जितेर चर्चामा आएको अविनाशविक्रम शाह निर्देशित फिल्म ‘एलाफेन्ट इन द फग’ (तिनीहरू) ९९ औं एकेडेमी अवार्ड्स (अस्कर) मा प्रतिष्पर्धाका लागि नेपालबाट छनौट भएको छ । यतिबेला देशभर सार्वजनिक प्रदर्शनमा रहेको यस फिल्मका निर्देशक शाह र निर्माता अनूप पौडेलसँग कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा यस फिल्मको निर्माणदेखि प्रदर्शनसम्मका यात्राबारे गरिएको कुराकानीका आधारमा यस फिल्मलाई पाँच प्रश्नोत्तर शैलीमा बुझ्नुहोस्:

१. ‘एलाफेन्ट इन द फग’ फिल्मको निर्माण कहिले सुरु भयो र यसको प्रक्रिया कस्तो थियो ?

फिल्मको निर्माण कार्य सन् २०२० देखि सुरु भएको हो भने २०२४ मा करिब एक वर्ष पोस्ट–प्रोडक्सनमा बिताइएको थियो । फिल्मको सुरुवात परम्परागत लिखित स्क्रिप्टबाट नभई गहन अनुसन्धान र प्रोजेक्ट डेभलपमेन्टबाट भएको थियो । यस फिल्म निर्माणका लागि फ्रान्स लगायतका युरोपेली देशहरूबाट स्टेट फन्ड प्राप्त भएको थियो ।

२. फिल्मको मुख्य विषयवस्तु के हो ? यसका प्रमुख पात्रहरूमा गैर–कलाकारहरू किन लिइयो ?

यो फिल्म समकालीन समाजका सीमान्तकृत र अल्पसंख्यक समुदायका मुद्दाहरूमा आधारित छ । यसले मानव र वन्यजन्तु बीचको अदृश्य सीमा, समाजमा विद्यमान विरोधाभास र सीमान्तकृत वर्गले भोगेका संघर्ष तथा असजिलोपनलाई प्रस्तुत गर्छ । यस फिल्मका प्रमुख तथा अधिकांश भूमिकाका लागि स्थापित तथा व्यावसायिक कलाकारहरूको सट्टा गैर–कलाकारहरूलाई चयन गरिएको छ । कथामा मौलिकता र वास्तविक अनुभूति दिलाउन सम्बन्धित पारालैंगीक समुदायकै तर गैर–कलाकारहरूलाई अनुकूल वातावरण दिएर अभिनय गराइएको हो ।

पूर्वाग्रहभन्दा माथि उठेर माया, परिवारप्रतिको जिम्मेवारी र मानवीय संवेदनाका साथ उनीहरूको कथालाई सहानुभूतिपूर्वक प्रस्तुत गरिएको छ । समाज र परम्परागत दर्शकका लागि असहज मानिने सीमाहरू तथा समुदायभित्रका विरोधाभासहरूलाई पारदर्शी र वास्तविक रूपमा पर्दामा उतार्न जसको कथा उसैको प्रतिनिधित्व गराइएको हो ।

३. फिल्ममा कस्ता विम्ब र प्रतीकहरूको प्रयोग गरिएको छ ?

‘एलाफेन्ट इन द फग’ शीर्षक आफैंमा एउटा शक्तिशाली विम्ब हो, जसले लिंग, वन्यजन्तु र भूगोल/स्थान बीचको अदृश्य रेखालाई संकेत गर्छ । ‘कुहिरो’ले पहिचानको अस्पष्टता, अनिश्चितता र सीमान्तकृत वर्गले भोग्नुपरेको संघर्षलाई बुझाउँछ । समाजले तोकेको तथाकथित ‘सामान्य जीवन’  र सीमान्तकृत वर्गले भोग्ने वास्तविक जीवन बीचको अस्पष्टता र खोजलाई ‘कुहिरो’ को प्रतीकले देखाउँछ । त्यसैगरी, ‘हात्ती’ लाई समाजका अल्पसंख्यक र सीमान्तकृत समुदाय र घना जंगललाई उनिहरूले गर्ने संघर्ष र अस्तित्वको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।

कुहिरोभित्र हात्तीको उपस्थिति जस्तै, यसले विश्वव्यापी मानव संवेदना र प्रकृतिसँगको सम्बन्धलाई एकैसाथ प्रस्तुत गर्छ । ‘ट्रान्स’ पात्रलाई कमजोर वा असहाय रूपमा नभई उच्च सहनशीलता भएको र आफ्ना अधिकार तथा अस्तित्वका लागि निरन्तर लडिरहने साहसी पात्रका रूपमा देखाइएको छ ।

त्यसैगरी, फिल्ममा समाजका स्थापित सांस्कृतिक वा धार्मिक मान्यताहरू र मानिसको वास्तविक जीवन बीचको विरोधाभासलाई विम्बको रूपमा देखाएको छ । समाजमा विद्यमान बहुमतीय व्यवस्था र यसले सीमान्तकृत वा लैंगिक अल्पसंख्यकहरूप्रति सिर्जना गर्ने ‘असहज सीमाहरू’ लाई फिल्ममा सांकेतिक रूपमा प्रस्तुत गरिएको छ ।

४. फिल्मले दिन खोजेको सन्देश के हो ?

फिल्मले मुख्यगरी सीमान्तकृत वर्ग तथा यौनिक र लैंगिक अल्पसंख्यक समुदायले समाज र परिवारभित्र भोग्नुपर्ने कठिनाइ तथा उनीहरूको निरन्तरको संघर्ष र अडानलाई प्रस्तुत गर्छ । यसले मानिसहरूमाझ सहानुभूति जगाउने र हरेक व्यक्तिलाई पूर्वाग्रहबिना एउटा ‘मानव’ को रूपमा हेर्न, माया र परिवारप्रतिको जिम्मेवारी बुझ्न सन्देश दिन्छ ।

साथै, ‘कुहिरोभित्रको हात्ती’ को विम्बमार्फत समाजमा विद्यमान विरोधाभासहरूलाई देखाउँदै ‘कोही पनि पूर्ण हुँदैन’ भन्ने यथार्थ यस फिल्मले पस्कन्छ । फिल्मका प्रमुख पात्रहरू (किन्नरहरू) समाजले तोकेको तथाकथित ‘सामान्य जीवन’ जीउन र सामाजिक सीमाहरूसँग जुध्न बाध्य छन् । बहुमतीय व्यवस्था वा लोकतान्त्रिक समाजभित्र पनि अल्पसंख्यक र सीमान्तकृत वर्गको पहिचान र अस्तित्वलाई लिएर देखिने विभिन्न विरोधाभास र उनिहरूले भोग्नुपरेको असहज परिस्थिति र सीमारेखाहरूमाथि फिल्मले प्रश्न उठाउँछ ।

५. अस्कर यात्राका मुख्य चुनौती र रणनीतिहरू के–के छन् ?

अस्कर मनोनयन र प्रचारका लागि बलियो पीआर रणनीति, वित्तीय अनुदान (ग्रान्ट्स) र अस्करका लागि मतदान अधिकार भएका १० हजार भन्दा बढी सदस्यहरूसम्म फिल्म पुर्‍याउने र उनीहरूको ध्यान आकर्षित गर्ने मुख्य लक्ष्य राखिएको छ । एकेडेमी सदस्यहरू र आम दर्शकमाझ पुग्न प्रमुख मिडियाहरूबाट कभरेज लिने तथा थिएटरहरूमा प्रदर्शन गर्ने रणनीति बनाइएको छ ।

अस्करमा मनोनयन पाउनका लागि प्रभावकारी पीआर र योजनाबद्ध रणनीति तय गरिएको छ । अस्कर अभियानको प्रचार–प्रसार सञ्चालन गर्न महत्वपूर्ण वित्तीय कोष तथा अनुदानको व्यवस्थापन आवश्यक मानिएको छ ।

रुपेश श्रेष्ठ कान्तिपुर टेलिभिजनका समाचार प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
‘हजुरबाले भन्थे’ मा मूख्य भूमिकामा देखिँदै नीर शाह

‘हजुरबाले भन्थे’ मा मूख्य भूमिकामा देखिँदै नीर शाह

काठमाडौँ। ‘परान’मा मुख्य भूमिकामा अभिनय गरेर सफलता हात पारेका अभिनेता नीर शाह फेरि अर्को फिल्ममा पनि त्यस्तै भूमिकामा देखिने भएका छन् । उनी अहिले मुख्य भूमिकामा देखिन लागेको फिल्म हो ‘हजुरबाले भन्...

#फिल्म #शाह
Compare →
Onlinekhabar
1w ago
धार्मिक कथामा फिल्म बनाउँदा बलिउड कहाँ चुकिरहेको छ ?

धार्मिक कथामा फिल्म बनाउँदा बलिउड कहाँ चुकिरहेको छ ?

महाभारतका कर्णलाई हामी दानवीर र महान् योद्धाका रूपमा चिन्छौँ । तर, के उनको अर्को पाटो पनि छ ? ‘द महाभारत सेक्रेट’, ‘द महाभारत क्वेस्ट’ र ‘द पाताल प्रोफेसी’ जस्ता पुस्तकका लेखक क्रिस्टोफर डोयल विगत २० वर्षदेखि …

#फिल्म #कथा
Compare →

Related Stories

National (Nepal)
Build #2612