Trending
Prev Story
Next Story

सरकारको कामबारे दाहालको टिप्पणी - 'हिन्दी जासुसी फिल्मजस्तै देखिन्छ'

Ekantipur •
November 07, 2026 • 02:01 PM
1
1 reads 0 reactions

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा दाहालले सरकारको कामकारबाही सही ढंगमा अघि नबढेको चर्चा गरे ।

सरकारको कामबारे दाहालको टिप्पणी - 'हिन्दी जासुसी फिल्मजस्तै देखिन्छ'

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा दाहालले सरकारको कामकारबाही सही ढंगमा अघि नबढेको चर्चा गरे ।

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारको काम हिन्दी जासुसी फिल्म जस्तो देखिएको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा दाहालले सरकारको कामकारबाही सही ढंगमा अघि नबढेको चर्चा गरे । उनले भने – 'हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र–विचित्र हुँदै नहुने काम भएको देखाउँछन्, सरकारको काम गराइ त्यस्तै छ । कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कर्मचारी र नेतामाथि के हुने हो जस्तो अवस्था सिर्जना भएको छ ।’

गणतन्त्र र संघीयता पक्षधरलाई बदमास र अपराधी चित्रण गरिएको भन्दै दाहालले आपत्तिसमेत जनाएका थिए । आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारकाविरुद्ध अभियान चलाउँदा सरकारलाई अपदस्थ गरिएको उनको दाबी थियो । विगत ३५ वर्षमा देशमा केही नभएको गलत भाष्य चलाइएको दाहालले टिप्पणी गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
9h ago
देवेन्द्र पौडेलको टिप्पणी- सरकार संवाद र डेलिभरी दुवैमा चुक्यो

देवेन्द्र पौडेलको टिप्पणी- सरकार संवाद र डेलिभरी दुवैमा चुक्यो

काठमाडौँ । नेकपा नेता देवेन्द्र पौडेलले सरकार संवाद, सहकार्य र जनतालाई राहत दिने काममा चुकेको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकार नागरिक समाज, पत्रकार, बौद्धिक ...

#काठमाडौं #टिप्पणी
Compare →

Related Stories

Politics & Governance
Build #2611