Trending
Prev Story
Next Story

तिहारमा बिजुली जाँदैन, मागभन्दा धेरै उत्पादन छ: प्राधिकरण

Nagarik News •
November 07, 2026 • 12:16 PM
1
1 reads 0 reactions

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ ।

तिहारमा बिजुली जाँदैन, मागभन्दा धेरै उत्पादन छ: प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ।

उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक जनशक्तिलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन र व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ। बैठकले सम्भावित चुनौतीको व्यवस्थापन र प्राविधिक तयारीबारे छलफल गरेको हो।

त्यस्तै, प्रणाली सञ्चालन विभाग (एलडिसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी आवश्यक निर्देशन दिइएको छ।

कार्यकारी निर्देशक श्रेष्ठले चाडबाड अवधिभर बिजुली अवरोध हुन नदिन सम्पूर्ण संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्। विद्युत् आपूर्तिमा कतै समस्या देखिए तत्काल मर्मत गरी सेवा सुचारु गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा रहन उनले सचेत गराए।

प्रसारणलाइन तथा वितरण प्रणालीको मर्मतसम्भार तत्काल सम्पन्न गर्न र ‘नो लाइट’ सेवामा आउने फोन नियमित उठाउँदै उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न पनि उनले निर्देशन दिएका छन्।

प्राधिकरणका अनुसार यस वर्ष तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान छ। उक्त माग धान्न आन्तरिक उत्पादन नै पर्याप्त हुने कार्यकारी निर्देशक श्रेष्ठले बताए।

सो अवधिमा मुलुकभरको विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण छ। आन्तरिक मागभन्दा उत्पादन झन्डै ८०० मेगावाट बढी हुने भएकाले चाडबाडमा विद्युत् आपूर्ति सहज र पर्याप्त हुने उनले बताए।

पर्वभर माग र आपूर्तिको निगरानी गर्न एलडिसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच चौबीसै घण्टा समन्वय हुनेछ।

यसैबीच, प्राधिकरणले पर्वका समयमा विद्युत्को सुरक्षित प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरेको छ।

घरमा प्रयोग हुने विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले अनुरोध गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८३ १८:०१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
तिहार बिदापछि आज सेयर बजार खुल्द‌ै

तिहार बिदापछि आज सेयर बजार खुल्द‌ै

काठमाडौं : नेपालीहरूको महान् चाड तिहारको लामो बिदापछि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित सेयर कारोबार पुन: सञ्चालन हुँदैछ। कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा परेकाले सो अवध...

#तिहार #नियमित
Compare →
Onlinekhabar
6h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

२७ काठमाडौं । सोमबार (कात्तिक ३० गते) छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग ‍खुला रहने भएको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका …

#पर्व #नियमित
Compare →
Arthasansar
13h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611