Trending
Prev Story
Next Story

बालुवा प्रशोधन उद्योगमा मध्यराति प्रहरीको छापा, यस्तो अवस्थामा ११ जना पक्राउ

Nagarik News •
November 07, 2026 • 09:03 AM
1
1 reads 0 reactions

प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका-६ बनकसियास्थित जनप्रिय बालुवा प्रशोधन उद्योगमा शुक्रबार मध्यराति छापा मारेको छ।

बालुवा प्रशोधन उद्योगमा मध्यराति प्रहरीको छापा, यस्तो अवस्थामा ११ जना पक्राउ

प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका-६ बनकसियास्थित जनप्रिय बालुवा प्रशोधन उद्योगमा शुक्रबार मध्यराति छापा मारेको छ।

सो अवसरमा प्रहरीले दुई लाख २० हजार ६९० रुपैयाँ नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको हो। लामो समयदेखि त्यहाँ जुवा सञ्चालन भइरहेको गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय पिपराको संयुक्त टोलीले जुवाको खालमा छापा हानेको थियो।

सो नगदसहित ६ बुक तास र १५ वटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाणगंगा नगरपालिका-६ बनकसियाका ४० वर्षीय ज्ञानु चौधरी, बाणगंगा-२ पिपराका ३६ वर्षीय शंकर अर्याल, कपिलवस्तु नगरपालिका-९ कुस्माका ४१ वर्षीय अमृत पौडेल, बाणगंगा-५ कोपवाका ३३ वर्षीय जीवन विश्वकर्मा, बाणगंगा-६ भक्लापुरका ३१ वर्षीय चेतप्रसाद अर्याल, बाणगंगा-८ बोडगाउँका २२ वर्षीय अमित आचार्य रहेका छन्।

त्यस्तै, बाणगंगा-८ धोडेटोलका ३१ वर्षीय गणेश विक, बाणगंगा-११ हथौसाका २८ वर्षीय ईरफान अली, कपिलवस्तु नगरपालिका-९ कुस्माका ३१ वर्षीय मोहन सुनार, बाणगंगा-८ बोडगाउँका ३६ वर्षीय हिमाल पौडेल र बाणगंगा-६ भक्लापुरका २८ वर्षीय राजेश घर्ती रहेका छन्।

घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

प्रकाशित: २१ कार्तिक २०८३ १४:४८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
सुर्खेतका ६ जुवाखालमा प्रहरीको छापा : साढे १२ साखसहित ५५ जना पक्राउ

सुर्खेतका ६ जुवाखालमा प्रहरीको छापा : साढे १२ साखसहित ५५ जना पक्राउ

२३ कातिक, सुर्खेत । प्रहरीले सुर्खेतका विभिन्न ६ स्थानमा छापा मारेर जुवातास खेलिरहेका ५५ जनालाइ पक्राउ गरेको छ । र उनीहरूबाट १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र जुवातास बरामद गरेको छ । कर्णाली प्रदेश …

#छापा #प्रहरीको
Compare →
Ekantipur
4d ago
वीरेन्द्रनगरमा तीन जुवाखालमा छापा, २७ जना पक्राउ

वीरेन्द्रनगरमा तीन जुवाखालमा छापा, २७ जना पक्राउ

प्रहरीले वीरेन्द्रनगरका तीन स्थानमा छापा मार्दा ५ लाख ८८ हजार ३ सय ८५ रुपैयाँ र जुवातास बरामद गरेको छ।

#छापा
Compare →
Hamro Patro News
21h ago
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्च...

#प्रशोधन
Compare →

Related Stories

National (Nepal)
Build #2611