पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा हेटौंडामा सुदीप पाण्डेको मृत्यु भएको हो ।
हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१७ अंगारेश्वरमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा हेटौंडा उपमहानगरपालिका–१७ का २७ वर्षीय सुदीप पाण्डेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उनको मृत्यु भएको हो । हेटौंडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च १७४७ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा संलग्न पिकअप र सिन्धुलीको कमलामाई नगरपालिका–३ का ४८ वर्षीय चालक रमेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।