Trending
Prev Story
Next Story

प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न

Onlinekhabar •
November 07, 2026 • 06:30 AM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा संसदीय सुनुवाइबिनै नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको मुद्दामा सर्वोच्च अदालतले गरेको ढिलाइबारे प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूसँग प्रश्न गर्दै नेपाली कांग्रेसका सांसद …

प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा संसदीय सुनुवाइबिनै नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको मुद्दामा सर्वोच्च अदालतले गरेको ढिलाइबारे प्रश्न उठेको छ ।

संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूसँग प्रश्न गर्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्याय खोज्ने अन्तिम थलो सर्वोच्च अदालतले राष्ट्रिय महत्त्वका मुद्दामा वर्षौंसम्म निर्णय नगर्नु न्यायिक विश्वसनीयतामाथिकै प्रश्न भएको बताए । ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’ अर्थात् ढिलो न्याय दिनु न्याय नदिनुसरह भएको उल्लेख गर्दै उनले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

केसीले भने, ‘नेपालका संवैधानिक पदाधिकारीहरूको नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले साढे चार वर्षसम्म निर्णय गरेन भने यो देशको कानुन र सर्वोच्च अदालतलाई के भनेर सम्मान गर्ने ?’

उनले राष्ट्रिय महत्त्वका विषयमा तत्काल निर्णय हुन नसके ढिलो गरी आउने फैसलाको औचित्यमाथि पनि प्रश्न उठाए ।

एक–दुई महिना ढिलाइ हुनु स्वाभाविक भए पनि मुद्दाको सान्दर्भिकता नै सकिने गरी वर्षौंसम्म निर्णय नगर्नु उचित नहुने उनको भनाइ थियो ।

केसीले प्रस्तावित न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा पुगेपछि न्यायिक निष्पक्षता, स्वच्छता र स्वतन्त्रताको प्रत्याभूति दिलाउन के योगदान गर्न सक्नुहुन्छ भन्ने प्रश्नसमेत गरे ।

उनले अदालतप्रति जनताको विश्वास कमजोर हुँदै गएको र पैसा हुनेले मात्रै न्याय पाउँछ भन्ने धारणा समाजमा रहेको भन्दै त्यसलाई चिर्न न्यायाधीशहरूले कस्तो भूमिका खेल्न सक्छन् भन्ने जवाफ मागे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको बाटो सहज बनाएको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । तत्कालीन कानुनमा परिषद्को बैठक बस्न पाँच सदस्य उपस्थित हुनुपर्ने व्यवस्था थियो । तर, ओली सरकारले २०७७ मंसिरमा अध्यादेश ल्याएर अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए बैठक बस्न र निर्णय गर्न सक्ने व्यवस्था गर्‍यो । त्यसपछि परिषद्ले दुई चरणमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।

पहिलो चरणमा २०७७ मंसिर ३० मा बसेको संवैधानिक परिषद्को बैठकले ११ वटा संवैधानिक निकायमा ३२ जनालाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिनिधि सभा विघटन गरेको संसदीय सुनुवाइ हुन सकेन । अनि उनीहरूलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ २१ मा नियुक्त गरेकी थिइन् ।

दोस्रो चरणमा २०७८ वैशाख २६ मा परिषद्ले थप २० जनालाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यसबेला पनि प्रतिनिधि सभा विघटन गरिएकोले संसदीय सुनुवाइबिनै उनीहरूलाई २०७८ असार १० मा नियुक्त गरिएको थियो ।

यसरी दुई पटक गरी ५२ जना संवैधानिक पदाधिकारी नियुक्त भएका थिए ।

यी नियुक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, मुस्लिम आयोग, मधेसी आयोगलगायत संवैधानिक निकायमा भएका थिए ।

व्यवस्थाअनुसार नियुक्तिअघि संसदीय सुनुवाइ हुनुपर्ने भए पनि सुनुवाइ प्रक्रिया अघि बढ्नुअघि नै तत्कालीन सरकारले प्रतिनिधिसभा विघटन गरेको थियो ।

ओली सरकारले पहिलोपटक २०७७ पुस ५ र दोस्रोपटक २०७८ जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेको थियो । त्यसैले सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ हुन सकेन ।

त्यसपछि कानुन र संविधानको मर्मविपरीत अध्यादेश ल्याएर नियुक्तिको सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेका थिए ।

तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले नियुक्ति प्रक्रियालाई चुनौती दिएका थिए ।

२०७७ पुस १ देखि २०७९ साउन १० सम्म विभिन्न मितिमा परेका १५ वटा रिट परेका थिए ।

रिटमा संवैधानिक परिषद्सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर नियुक्तिको बाटो सहज बनाउनु संविधानविपरीत थियो भन्ने तर्क थियो ।

परिषद्को बैठक र निर्णय प्रक्रिया कानुनसम्मत थिएन । विशेषगरी पहिलो चरणको बैठकमा आवश्यक सदस्यलाई विधिवत् सूचना नदिई निर्णय गरिएको भन्ने थियो ।

संविधानले अनिवार्य गरेको संसदीय सुनुवाइबिना पदाधिकारी नियुक्त गर्नु असंवैधानिक थियो भन्ने थियो ।

रिट निवेदकहरूले अध्यादेश खारेज गर्न, त्यसका आधारमा भएका सिफारिस र नियुक्ति बदर गर्न तथा नियुक्त पदाधिकारीलाई पदबाट हटाउन माग गरेका थिए ।

तर नियुक्तिविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले लामो समयसम्म अन्तिम सुनुवाइ गर्न सकेन । यही ढिलाइ अहिले केसीले प्रश्नका रूपमा उठाएका हुन् ।

२०७८ चैतमा तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । तर नियुक्ति बदर गर्ने वा नगर्ने विषय अन्तिम सुनुवाइबाट टुंग्याउने निर्णय गरेको थियो ।

अदालतले नियुक्त भएका पदाधिकारीलाई काम गर्न रोक लगाएन । विपक्षीहरूलाई कारण देखाऊ आदेश जारी गर्दै नियुक्तिसम्बन्धी कागजातसमेत झिकाउने आदेश गरेको थियो ।

तर त्यसपछि पनि मुद्दाले प्राथमिकता पाएन । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा पटकपटक पेसीमा चढे पनि सुनुवाइ हुन सकेन । त्यसपछिका प्रधानन्यायाधीशहरूको कार्यकालमा पनि पटकपटक पेसी सर्दै गयो ।

अन्ततः २०८१ माघदेखि सर्वोच्चको संवैधानिक इजलासले निरन्तर सुनुवाइ थालेको थियो । २०८२ जेठमा अन्तिम बहस सकिएपछि जेठ २८ मा फैसला सुनाउने मिति तोकियो । तर निर्णय सुनाउने मिति सरेर असार १८ मा पुग्यो ।

साढे चार वर्षपछि २०८२ असार १८ मा सर्वोच्च अदालतले ५२ पदाधिकारीको नियुक्ति कायम रहने फैसला सुनायो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासमा भने पहिलो चरणका ३२ नियुक्तिबारे मत विभाजित भयो ।

न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालले ३२ जनाको नियुक्ति सदर गर्ने रिट खारेज गर्ने राय दिए ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले भने पहिलो चरणको नियुक्ति बदर हुनुपर्ने राय दिए ।

दोस्रो चरणका २० जनाको नियुक्ति भने पाँचै न्यायाधीशको सहमतिमा सदर भयो ।

यसरी बहुमतबाट नियुक्ति कायम रहने फैसला भएपछि ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी विवाद टुंगिएको थियो ।

यो ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी मुद्दा उदाहरणका रूपमा प्रस्तुत गर्दै केसीले न्यायपालिकामा संरचनागत सुधारको आवश्यकता औँल्याएका हुन ।

साथैबउनले अदालतलाई भ्रष्टाचार नियन्त्रण गर्ने निकायका रूपमा मात्रै नभई आफैँ भ्रष्टाचारको आरोप र जनअविश्वासबाट मुक्त हुनुपर्ने संस्थाका रूपमा चित्रण गरे । ‘अहिले नेपाली जनतामा के भ्रम छ भने जसको पैसा छ, त्यसले न्याय पाउँछ, पैसा नहुनेले के न्याय पाउँछ ?’ उनले प्रश्न गरे ।

न्यायिक विवेक र सत्यको खोजीभन्दा दबाब र पैसाबाट न्याय प्रभावित हुने जनधारणा चिर्न प्रस्तावित न्यायाधीशहरूले के योगदान गर्न सक्छन् भन्ने उनको प्रश्न थियो ।

उनले सरकार परिवर्तन मात्रै नभई संस्कार, प्रवृत्ति र कार्यशैली परिवर्तन हुनुपर्ने भन्दै न्यायपालिकामा पनि नयाँ संस्कार स्थापित गर्नुपर्ने बताए । ‘अहिलेसम्म जे भयो भयो, त्यसभन्दा नयाँ हामीले गर्ने कोसिसमा तपाईंको के योगदान रहन्छ ?’ केसीले प्रस्तावित न्यायाधीश पाण्डेलाई प्रश्न गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
सर्वोच्च अदालतका लागि चार न्यायाधीशको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि चार न्यायाधीशको नाम सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौँ। संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिको आज भएको बैठकले उच्च अदालत पोखराका मुख्य...

#सर्वोच्च-अदालत #सुनुवाइ #न्यायाधीश
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Ekantipur
9h ago
सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Arthasansar
12h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Bizshala
12h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2611