Trending
Prev Story
Next Story

बुकाचोगढी बन्दै पर्यटकीय नयाँ गन्तव्य

Hamro Patro News •
November 07, 2026 • 01:19 AM
1
1 reads 0 reactions

नेपाल एकीकरणको ऐतिहासिक अभियानसँग जोडिएको भक्तपुरको बुकाचोगढी पछिल्लो समय ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटकीय पूर्वाधार विस्तारसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । नेपाल...

1 / 2
Swipe Photos

नेपाल एकीकरणको ऐतिहासिक अभियानसँग जोडिएको भक्तपुरको बुकाचोगढी पछिल्लो समय ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटकीय पूर्वाधार विस्तारसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजय अभियान सञ्चालन गर्दा सैनिक रणनीति निर्माण र उपत्यकाको भौगोलिक अवस्था नियाल्न प्रयोग गरेको यस गढीले इतिहाससँगै पर्यटनको नयाँ सम्भावना बोकेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा अवस्थित बुकाचोगढी समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको उपत्यकाकै नजिकको पर्यटकीय स्थल बन्ने सम्भावनासँगै यसको संरक्षण, र प्रवर्धनमा जोड दिइएको छ । झन्डै दुई हजारभन्दा अग्लो डाँडामा रहेको यस गढीबाट काठमाडौँ उपत्यकाका अधिकांश भूभाग, आसपासका डाँडाकाँडा, सुन्दर हिमाली शृङ्खला र प्राकृतिक दृश्य सहजै अवलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरतर्फ मनोहरा नदी, पूर्वतर्फ साँगा भन्ज्याङ र पश्चिमतर्फ घ्याम्पेडाँडालगायत क्षेत्र देख्न सकिन्छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

२६ कात्तिक, राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्ति ताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ …

#पर्यटकीय #गन्तव्य
Compare →
Nagarik News
1w ago
दुई सय बढी कन्टेन्ट क्रिएटरमार्फत ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने

दुई सय बढी कन्टेन्ट क्रिएटरमार्फत ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ को विशेष पहलमा २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने भएका छन्।

#पर्यटकीय #गन्तव्य
Compare →
Ekantipur
2w ago
हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै

हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै

६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ ।

#पर्यटकीय
Compare →

Related Stories

Technology
Build #2612