Trending
Prev Story
Next Story

पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त

Onlinekhabar •
November 06, 2026 • 06:00 PM
1
1 reads 0 reactions 4 comments

२० कात्तिक, काठमाडौं । खेलकुद पदक वितरणमा मनपरी गरेको आरोप लागेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्तमा परेका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव शर्मालाई बर्खास्त गर्ने …

पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्त

२० कात्तिक, काठमाडौं । खेलकुद पदक वितरणमा मनपरी गरेको आरोप लागेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्तमा परेका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिव शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

३० असारमा वितरण गरिएको पदक विवादित भएपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेकी थिइन् । उक्त समितिको प्रतिवेदनका आधारमा सदस्य सचिव शर्मालाई बर्खास्त गरिएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले ३० असारमा पोखरा रंगशालामा विशेष समारोह आयोजना गरी ‘गण्डकी प्रदेश खेलकुद पदक’ बाट ६ खेलाडी तथा प्रशिक्षक र चार खेल संघलाई सम्मान गरेको थियो ।

खेलाडीतर्फ भलिबलकी अरुणा शाही, आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर, आर्चरीका योगेन्द्र शेरचन र असिम शेरचन हुँदा क्रिकेट प्रशिक्षकतर्फ रिजन प्रजु सम्मानित भएका थिए । खेलकुद पत्रकारितातर्फ केशव पाठक र संघ–संस्थातर्फ नेपाल भूतपूर्व खेलाडी मञ्चलाई पदक प्रदान गरिएको थियो ।

प्रदेश ह्यान्डबल संघ र गण्डकी प्रदेश फेन्सिङ संघ उत्कृष्ट खेल संघ तथा गण्डकी प्रदेश टेनिस संघ सर्वोत्कृष्ट प्रदेश खेल संघको रुपमा नगदसहित सम्मानित भएका थिए ।

छनोट समितिमै रहेको व्यक्तिहरुलाई पदक दिएपछि विवाद सिर्जना भएको थियो । खेलकुद पत्रकारिता विधामा पदक पाएका केशव पाठक पदक सिफारिस समितिका सदस्य हुन् ।

उनी यसअघि परिषद्का सदस्य एवम् कार्यवाहक सदस्यसचिवसमेत भइसकेका थिए । पदक सिफारिस समितिका सदस्य हरि पराजुली आवद्ध रहेको नेपाल भूतपूर्व खेलाडी मञ्चले संघ–संस्थातर्फको पदक पायो । पदक सिफारिस समितिका सदस्य चित्रबहादुर थापा अध्यक्ष रहेको प्रदेश ह्यान्डबल संघले पनि उत्कृष्ट खेल संघको पदक हात पाएको थियो ।

शर्माको कार्यकाल आउँदो बैशाखसम्म थियो । उनी २०८० को वैशाखमा ४ वर्षका लागि सदस्यसचिव नियुक्त भएका थिए । उनलाई बर्खास्त गरेसँगै सरकारले युवा तथा खेलकुद महाशाखा प्रमुख उपसचिव दिपेन्द्र परियारलाई कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6d ago
गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

खेलकुद पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता गरेको र निर्धारित प्रक्रियाविपरीत काम गरेको आरोपमा छानबिनमा परेका शर्मालाई मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

#मन्त्रिपरिषद् #खेलकुद #बर्खास्त
Compare →
Hamro Patro News
4d ago
बर्खास्तीमा परेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शर्मा अदालत जाने

बर्खास्तीमा परेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शर्मा अदालत जाने

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का सदस्य सचिव श्रीधर शर्मालाई गण्डकी प्रदेश सरकारले बर्खास्त गरिदिएपछि उनी अदालत जाने भएका छन् । सरकारको निर्णय गैरकानूनी र अदालतको अवहेलनाजन्य भएको भन्दै ...

#खेलकुद #गण्डकी #सचिव
Compare →
Nagarik News
6d ago
गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै बाँकी पहाडी र तराईका भू-भागमा मौसम सफा रहेको जनाइएको छ।

#गण्डकी
Compare →

Related Stories

Sports
Build #2611