Trending
Prev Story
Next Story

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल

Onlinekhabar •
November 06, 2026 • 01:30 PM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन …

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल

२० कात्तिक, काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक’ को मस्यौदामाथि आज सरोकारवालासँग छलफल आयोजना गरेको हो ।

सिंहदरबारस्थित कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, कानुन सचिव पुष्कर सापकोटा, प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल, सांसद तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स र होटल एसोसिएसन अफ नेपाललगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।

छलफलमा कानुन सचिव सापकोटाले संशोधनका लागि पहिचान गरिएका ५९ वटा ऐनका ४७४ बुँदाबारे प्रस्तुतीकरण गरेका थिए ।

त्यस अवसरमा सहभागी सरोकारवालाले क्षेत्रगत रूपमा कानुन संशोधनका लागि मौखिक सुझाव दिनुभएको सचिव सापकोटाले जानकारी दिए । छलफलमा सहभागीहरुले थप सुझाव लिखित रूपमा पनि उपलब्ध गराउने बताएको सापकोटाको भनाइ छ ।

सहभागीबाट प्राप्त सुझावका आधारमा आवश्यक कानुन संशोधनका लागि सम्बन्धित मन्त्रालयमा पठाइने छ । आगामी मङ्सिर २३ र २४ गते आयोजना हुने सार्वजनिक–निजी साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा छलफल आयोजना गरिएको हो । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदामाथि छलफल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा विधेयकको मस्यौदामाथि छलफल अघि बढाइएको हो।

#मन्त्रिपरिषद् #विधेयक #मस्यौदामाथि
Compare →
Hamro Patro News
1w ago
स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक सभामा पेस गर्न स्वीकृत

स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक सभामा पेस गर्न स्वीकृत

सुर्खेत। कर्णालीमा स्याउ विकास बोर्ड स्थापना तथा संचालन गर्न बनेको विधेयक अब प्रदेश सभामा पेस गरिने भएको छ। शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृ...

#मन्त्रिपरिषद् #विधेयक
Compare →
Bizshala
1d ago
राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

काठमाण्डौ । सरकारले आन्तरिक तथा वैदेशिक रोजगारीसम्बन्धी छरिएका कानुनी व्यवस्थालाई एकीकृत गर्न राष्ट्रिय रोजगार ऐन...

#विधेयक #कानुन
Compare →

Related Stories

Business & Economy
Build #2611