Trending
Prev Story
Next Story

'जनयुद्ध'मा दुई छोरा गुमाएकी वर्तमायालाई घर हस्तान्तरण

Ekantipur •
November 06, 2026 • 12:31 PM
1
1 reads 0 reactions

मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीस्थित वर्तमाया रखाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नवनिर्मित घर हस्तान्तरण गरेको हो ।

'जनयुद्ध'मा दुई छोरा गुमाएकी वर्तमायालाई घर हस्तान्तरण

मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीस्थित वर्तमाया रखाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नवनिर्मित घर हस्तान्तरण गरेको हो ।

हेटौंडा — माओवादी 'जनयुद्ध'मा दुई छोरा गुमाएकी वर्तमाया रखालले पक्की घर पाएकी छन् । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीस्थित वर्तमाया रखाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नवनिर्मित घर शुक्रबार हस्तान्तरण गरेको हो ।

घर हस्तान्तरणसँगै पार्टीले राष्ट्रिय जागरण अभियानसमेत सुरु गरेको पार्टीका मकवानपुर संयोजक ध्रुव भुजेलले वताए । वर्तमायाले उक्त घर केवल इँटा, ढुंगा र सिमेन्टको संरचना मात्र नभइ जीवनका अनेक दुःख र अभावबीच प्राप्त गरेको संरचना भएको बताइन ।

जनयुद्धका क्रममा उनले आफ्ना दुई छोरा अर्जुन रखाल ‘सविन’ र दिलबहादुर रखाललाई गुमाएकी थिइन्। दुई छोरा गुमाएर पीडा खेपिरहेकी रखालको गत वर्ष श्रीमान् भीम रखालको पनि निधन भयो । छोरा र पतिको वियोगको पीडामा बाँचिरहेकी रखाललाई नयाँ घर पाउँदा केही राहत पुगेको स्थानीय रमेश रखालले बताए ।

यस्तो अवस्थामा पक्की घरमा बस्न पाउँदा राहत महसुस गरेको वर्तमायाले बताइन् । यसअघि उनी कच्ची घरमा बस्दै आएकी थिइन् । पार्टीले गत वर्ष जेठमा गणतन्त्र दिवसको अवसर पारेर घर निर्माणको शिलान्यास गरेको थियो । त्यसपछि सुरु भएको निर्माण कार्यमा पार्टीका नेता तथा कार्यकर्ताले श्रमदानसमेत गरेका थिए । सामूहिक प्रयासबाट निर्माण गरिएको घर वर्तमायालाई हस्तान्तरण गरिएको हो ।

बागमती गाउँपालिका अध्यक्ष एवं नेकपाका नेता सर्केश घलानले सहिदहरूको सपना पूरा गर्ने वाचाअनुरुप घर निर्माण गरिएको बताए । नवनिर्मित ३ कोठे आवासीय भवन प्रदेश सांसद एवं नेकपाको नेतृ कुमारी मोक्तानले हस्तान्तरण गरेकी हुन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

खोटाङ– सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा निर्माण गरिएको सुविधा...

#हस्तान्तरण
Compare →

Related Stories

World News
Build #2611