भैरहवा : कुनै समय भैरहवामा दीपावली (तिहार) केवल एउटा चाडमा सीमित थिएन, सिंगो सहरको उत्सवका रुपमा मनाइन्थ्यो। घर–घरमा केराका बोटले सजाइएका प्रवेशद्वार, लिपपोत गरिएका आँगन र पालामा झलमल्ल बल्ने दीपले सहरलाई नै आकर्षक बनाउँथे। विभिन्न स्थानमा आयोजना हुने सांस्कृतिक कार्यक्रम, देउसी–भैलो र उत्सवमय वातावरणले भैरहवाको दीपावलीलाई छुट्टै पहिचान दिएको थियो।
त्यतिबेला भैरहवाको दीपावली हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गर्थे। यहाँको सांस्कृतिक रौनकले राष्ट्रिय स्तरमै चर्चा पाउँथ्यो। दीपावलीका आकर्षक दृश्यहरु चर्चित क्यालेन्डरमा समेत प्रकाशित हुने गरेका थिए। तर, समयक्रमसँगै बढ्दै गएको आपराधिक गतिविधि, सामाजिक असुरक्षा, वैदेशिक रोजगारीका लागि विदेशिने बढ्दो क्रमलगायतका कारण भैरहवाले दीपावलीको पुरानो चमक र उत्साह गुमाउँदै गएको स्थानीय जानकारहरुको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )