Trending
Prev Story
Next Story

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, १६ जना घाइते

Onlinekhabar •
November 06, 2026 • 11:00 AM
1
1 reads 0 reactions

२० कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शितगंगा नगरपालिका–२ भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार यात्रु १६ जना घाइते भएका हुन् …

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, १६ जना घाइते

२० कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शितगंगा नगरपालिका–२ भुवनपाटामा लु २ ख ३७२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार यात्रु १६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर र बाँकीको अवस्था मध्यम रहेको छ ।

सुपा देउराली मन्दिर दर्शनका लागि सुनवलबाट आएको बस दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएपछि अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज, भैरहवा पठाइएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
11h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#दुर्घटना #घाइते #नगरपालिका
Compare →
Nagarik News
13h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#दुर्घटना #घाइते
Compare →
Bizshala
13h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

World News
Build #2611