Trending
Prev Story
Next Story

सुलभ अग्रवालविरुद्ध पौने २ अर्बको अर्को मुद्दा दायर

Bizshala •
November 06, 2026 • 10:34 AM
1
1 reads 0 reactions

काठमाण्डौ । विदेशी मुद्रा अपचलन गरी विदेशमा सम्पत्ति र लगानी गरेको आरोपमा व्यवसायी सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता...

सुलभ अग्रवालविरुद्ध पौने २ अर्बको अर्को मुद्दा दायर

काठमाण्डौ । विदेशी मुद्रा अपचलन गरी विदेशमा सम्पत्ति र लगानी गरेको आरोपमा व्यवसायी सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दा दायर भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभ अग्रवालमाथि १ अर्ब ६८ करोड २० लाख रुपैयाँभन्दा बढीको बिगो दाबी गरेको छ। ललिता अग्रवालको हकमा १ अर्ब ७८ करोड १५ लाख रुपैयाँ र साहिल अग्रवालको हकमा १० लाख ९९ हजार रुपैयाँ बिगो कायम गरिएको छ। विभागले बिगोको तीन गुणासम्म जरिवानासमेत माग गरेको छ।

अनुसन्धानका क्रममा दुबईमा ‘हाइग्रोभ म्यानेजमेन्ट डीएमसीसी’ नामक कम्पनी स्थापना गरी बैंक खाता सञ्चालन गर्नुका साथै मुद्दती निक्षेप र अन्य कम्पनीमा लगानी गरेको भेटिएको विभागको दाबी छ।

विभागले विदेशी विनिमय ऐनविपरीत कसुर गरेको आरोपमा मुद्दा दायर गरेको हो। यसअघि पनि सुलभ र साहिलविरुद्ध विभिन्न वित्तीय कसुरसँग सम्बन्धित मुद्दा दायर भइसकेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
7h ago
गागलफेदीको होमस्टेमा जुवा- पौने ६ लाख नगदसहित ३७ जना पक्राउ

गागलफेदीको होमस्टेमा जुवा- पौने ६ लाख नगदसहित ३७ जना पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित एक होमस्टेमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले सञ्चालकसहित ३७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गागलफेद...

#काठमाडौं #पौने
Compare →

Related Stories

Business & Economy
Build #2611