Trending
Prev Story
Next Story

करेसाबारीको फूलबाट तिहार खर्चको जोहो

Nagarik News •
November 06, 2026 • 07:49 AM
1
1 reads 0 reactions

तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको फूलबाट तिहार खर्चको जोहो गर्दैछन्।

करेसाबारीको फूलबाट तिहार खर्चको जोहो

तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको फूलबाट तिहार खर्चको जोहो गर्दैछन्। खासगरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी  टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री फूलबाट जोहो गर्दैछन्।

“यसपालि तिहारका लागि खर्च जुटाउन कतै रकम खोज्नु परेन, आफ्नै करेसाको फूलले राम्रो आम्दानी दियो”, बर्दिबास–७ मनहरिपुरकी गृहिणी वीणा खत्री भन्छिन्, “भाइटीकाका दिन दाजुभाइलाई लगाइने टीका, माला, भाइमसला, मिष्टान्न परिकार र सानोतिनो वस्त्र उपहार पुग्नेगरी रकम पाइयो।”

फूलका व्यापारी घरै आएर सुरुमै भुक्तानी दिएर गएपछि तिहारको खर्चका लागि ढुक्क भएको उनको भनाइ छ।

खत्रीजस्तै भङ्गाहा–४ रामनगरकी शर्मिला पोखरेलले पनि करेसाबारीकै केही बोट फूलबाट राम्रै आयआर्जन गर्न पाइएको बताइन्। “यहीँ हेर्नोस् न, कति होलान र? त्यही ५०/६० बोट सयपत्रीका होलान्”, करेसाबारीमा ढकमक्क फुलेका सयपत्री फूल देखाउँदै उनले भनिन्, “यहाँका १० बोट आफूले राखीकन दुई हजार रुपैयाँ पाइयो।”

तिहारलक्षित फूल लगाउन सके राम्रो आम्दानी हुने बल्ल बुझेको उनको भनाइ छ। आउने वर्ष तिहारलक्षित गरेर सयपत्री फूल खेतीकै रूपमा केही बढाइने पोखरेलको योजना छ।

“अहिलेका बोट त व्यवसायिक उद्देश्यले लगाइएका होइनन्, घरको शोभाका लागि रोपिएका हुन्”, उनी भन्छिन्, “तर यिनै बोटले अबचाहिँ केही खेती बढाउन पर्छ भन्ने चेत खोली दिए।”

उपयुक्त बेला पारेर फुलाउन सके सयपत्रीले राम्रो आम्दानी दिने विश्वास बढेको उनको भनाइ छ।

यस्तै बर्दिबास–३ गौरीडाँडाकी करुणा पाण्डेको करेसाबारीका सयपत्री फूलको व्यापारीले बैना दिएर गएका छन्। आर्जनका दृष्टिले नजोडिएका करेसाबारीका फूलका बोटबाट पर्वको मुखमा पाएको रकमले आँखा खोली दिएको उनी बताउँछिन्।

तिहारका बेला निकै माग बढ्ने भए पनि महोत्तरीमा फूलको व्यवसायिक खेती भने फस्टाउन सकेको छैन। तिहारबाहेक वर्षभरि आयोजना हुने धार्मिक अनुष्ठान र सभासमारोहमा अतिथि स्वागत सत्कारमा माला पहि¥याउने बाक्लै चलन छ। यी प्रयोजनमा बाहिरबाट ल्याइने फूलमै आश्रित रहिएको बर्दिबास उद्योग वाणिज्य सङ्घका सचिव रिमनाथ अधिकारी बताउँछन्।

जिल्लामा तिहारबाहेकका औपचारिक समारोह, धार्मिक अनुष्ठान, विवाह लगायतका समारोहमा मालाको प्रयोगको संस्कृति नै स्थापित छ तर यहाँको माटो र  हावापानी सयपत्री फूलको खेतीलाई उपयुक्त भए पनि किसानले यसबारे खासै चासो नबढाएका कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरका सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ।

“जिल्लामा फूलको व्यवसायिक खेती तथ्याङ्कमा समावेश गरिने गरी खासै छैन”, सूचना अधिकारी महतो भन्छन्, “किसानले यसबारे चासो बढाए कार्यालयले सुलभ मूल्यमा उन्नत फूलको बीउ र अन्य हेरचाहसम्मको प्राविधिक समन्वय गर्न सकिन्छ।”

यो कम खर्चिलो नगदेखेतीका रूपमा विकास गर्न सकिने उनको ठम्याइ छ।

जिल्लामा बलवा नगरपालिकाका बनौटा, धमौरा, पडौलमा थोरथोरै मात्रामा किसानले आठ÷१० वर्षदेखि सयपत्री खेती गर्दै आएका छन्। यसबाहेक भङ्गाहा र गौशाला नगरपालिकाका केही बस्तीमा किसानले एकाध कठ्ठामा सयपत्री फूलको खेती गरेका छन्। महोत्तरीमा यो खेती धेरै नभए पनि यहाँका फूल टाढासम्मका व्यापारीको रोजाइमा भने पर्ने गरेको छ।

बनौटा र पडौलतिर उत्पादित फूल जनकपुरका व्यापारीले बारीबाटै उठाएर लैजाने गरेका पडौल बस्तीका राजकिशोर यादव बताउँछन्। केहीकेही फूल खेती गर्दै आएका किसानले राम्रो बीउ र प्राविधिक सल्लाहको सहयोग पाउनसके यो खेती बढाउँदै लान सकिने बताएका छन्।

यसैगरी घरशोभाका लागि केही बोट लगाउँदै आएका गृहिणीले पनि राम्रो बीउ र समयसमयको प्राविधिक हेरचाह र सल्लाह पाउनसके व्यवसायिक रुपमै फूलखेती गरिने बताएका छन्।

प्रकाशित: २० कार्तिक २०८३ १३:३४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
तिहारमा लुम्बिनीका किसानको फूलले बजार पायो, साढे सात करोडभन्दा बढीको कारोबार हुने अनुमान

तिहारमा लुम्बिनीका किसानको फूलले बजार पायो, साढे सात करोडभन्दा बढीको कारोबार हुने अनुमान

रुपन्देही । तिहार र छठ पर्वलाई लक्षित गरी लुम्बिनी प्रदेशमा यस वर्ष व्यावसायिक फूलखेती विस्तार भएको छ । प्रदेशका १२ वटै जिल्लामा गरी ५९ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । यसबाट २७९ मेट्रिक टन फू...

#तिहार #फूल
Compare →
Arthasansar
15h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →

Related Stories

Technology
Build #2611