Trending
Prev Story
Next Story

स्टक सकिएपछि राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने, चाँदीका मेडालियन मात्रै बिक्री हुने

Bizshala •
November 06, 2026 • 07:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ। बिक्रीका लागि तयार गरिएको स्टक सकिएपछि...

स्टक सकिएपछि राष्ट्र बैंकले आज सुनका असर्फी नबेच्ने, चाँदीका मेडालियन मात्रै बिक्री हुने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ। बिक्रीका लागि तयार गरिएको स्टक सकिएपछि केन्द्रीय बैंकले आज सुनका असर्फी नबेच्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले तिहार तथा धनतेरसलाई लक्षित गरी बिहीबारदेखि सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको थियो। पहिलो दिन कर्मचारीसहित करिब ४ हजार ५ सयवटा सुनका असर्फी बिक्री भएको थियो।

राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार प्रक्रियागत जटिलताका कारण बिक्रीयोग्य असर्फीको उत्पादन सीमित भएकाले पहिलो दिनमै स्टक सकिएको हो।

यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी बिक्री सुरु गरेको थियो। गत वर्ष भने सुन उपलब्ध नभएका कारण चाँदीका मेडालियन मात्रै बिक्री गरिएको थियो।

बिहीबार प्रतिव्यक्ति एकवटा सुनको असर्फी र दुईवटासम्म चाँदीका मेडालियन बिक्री गरिएको थियो। सुनको असर्फी २.५ ग्राम र चाँदीको मेडालियन १० ग्राम तौलको रहेको छ।

बिहीबार २.५ ग्रामको सुनको असर्फी ६५ हजार ४ सय रुपैयाँमा बिक्री गरिएको थियो भने चाँदीको मेडालियनको मूल्य ३ हजार ८ सय रुपैयाँ तोकिएको थियो।

शुक्रबार भने राष्ट्र बैंकले चाँदीका मेडालियन मात्रै बिक्री गर्ने भएको छ। आजका लागि प्रतिमेडालियन मूल्य ३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

राष्ट्र बैंकले हरेक वर्ष धनतेरसको अवसर पारेर सुन तथा चाँदीका सिक्का बिक्री गर्दै आएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
तिहारमा बिक्री भए ३७ करोडका सुन र चाँदीका सिक्का

तिहारमा बिक्री भए ३७ करोडका सुन र चाँदीका सिक्का

तिहारको पाँचदिने पर्वको पहिलो दिन धनतेरसमा सुनचाँदी किन्नु शुभ मानिने भए पनि महँगो मूल्यका कारण उपभोक्ताको आकर्षण घटेको व्यवसायीको गुनासो

#बिक्री #सुन #चाँदी
Compare →
Hamro Patro News
4d ago
उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वासमा तिहारमा कुचो धेरै बिक्री हुने कार्तिक २२, २०८३ सीमा तामाङ काठमाडौँ — चा...

#बिक्री #मात्रै
Compare →
Nagarik News
12h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुन #चाँदी
Compare →
Onlinekhabar
3d ago
एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो, जुन …

#सुन #चाँदी
Compare →
Arthasansar
12h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2611