Trending
Prev Story
Next Story

ईयूको ‘एभ्रिथिङ बट आर्म्स’ व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा

Bizshala •
November 06, 2026 • 07:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । युरोपेली संघ (ईयू) को ‘एभ्रिथिङ बट आर्म्स’ (ईबीए) व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा भएको छ।यस...

ईयूको ‘एभ्रिथिङ बट आर्म्स’ व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा

काठमाण्डौ । युरोपेली संघ (ईयू) को ‘एभ्रिथिङ बट आर्म्स’ (ईबीए) व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा भएको छ।

यस अवसरमा काठमाण्डौमा आयोजित विशेष कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले नेपाली उत्पादनको युरोपेली बजारमा पहुँच विस्तार र निर्यात प्रवर्द्धनमा ईयूको सहयोग महत्वपूर्ण रहेको बताए।

निर्यात व्यवसायी महासंघ नेपालले ईयू नेपाल प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा एकाउन्टेबिलिटी ल्याबको सहकार्यमा आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले नेपालको निर्यात क्षमता अभिवृद्धि गर्न, युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच बढाउन र निर्यातकर्ताले भोग्दै आएका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले आगामी दिनमा युरोपतर्फ निर्यात वृद्धि गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने पनि बताए।

ईबीए कार्यक्रमअन्तर्गत अति कम विकसित मुलुकहरूले हतियारबाहेकका सम्पूर्ण वस्तु युरोपेली बजारमा भन्सार तथा कोटारहित रूपमा निर्यात गर्न पाउने व्यवस्था छ।

कार्यक्रममा २५ वर्षको अनुभवको समीक्षा गर्दै नेपालले उपलब्ध व्यापारिक अवसरको अधिकतम उपयोग कसरी गर्ने र अति कम विकसित मुलुकबाट स्तरोन्नतिपछि आउन सक्ने व्यापारिक चुनौतीका लागि कस्तो तयारी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले नेपाली उत्पादनको विशिष्टता र मौलिकताको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको उच्च सम्भावना रहेको बताए।

युरोपेली बजारमा निर्यातका क्रममा नेपाली व्यवसायीले सामना गर्दै आएका चुनौती समाधान गर्न ईयूका तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

यस्तै, निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द घिमिरेले युरोपेली बजार प्रवेश र निर्यातका क्रममा देखिने समस्या समाधानका लागि ईयू र नेपाल सरकारबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा युरोपेली बजारमा निर्यात गरिरहेका नेपाली उद्यमीहरूले आफ्ना अनुभव तथा चुनौती प्रस्तुत गरेका थिए। साथै, निर्यातसम्बन्धी विभिन्न व्यापार निर्देशिकासमेत सार्वजनिक गरिएको थियो।

कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूले ब्रसेल्सस्थित युरोपेली आयोगको चार्लेमेन भवनमा नोभेम्बर ४ मा आयोजित ईबीएको २५औँ वार्षिकोत्सवको मुख्य समारोह प्रत्यक्ष प्रसारणमार्फत अवलोकन गरेका थिए। उक्त अन्तर्राष्ट्रिय समारोहमा ईयूका उच्च अधिकारी, अति कम विकसित मुलुकका प्रतिनिधि तथा व्यापारिक क्षेत्रका नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3w ago
प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन

प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन

पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न सहमति जनाएका...

#ईयू #युरोपेली
Compare →
Nagarik News
1w ago
नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल

नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल

नेपाली वायुसेवामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन्।

#ईयू
Compare →
Onlinekhabar
3d ago
ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप

ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप

२४ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्ध भइरहेका प्रदर्शनका बीच सामाजिक सञ्जालमा फर्जी पोस्ट र भिडियोहरू फैलाइएको पाइएको छ। युरोपेली सङ्घ (ईयू) को एक आन्तरिक रिपोर्टका अनुसार, रुससँग जोडिएका नेटवर्कहरूले आप्रवासीविरुद्ध घृणा फैलाएर …

#ईयू
Compare →
Ekantipur
4d ago
फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

यस्ता सूचना भ्रामक अभियानले दीर्घकालीन रूपमा पश्चिमा लोकतन्त्रप्रतिको धारणा बदल्न र आप्रवासीविरोधी भावना भड्काउन मद्दत पुर्‍याउने विज्ञहरुले बताएका छन्

#ईयू
Compare →

Related Stories

Business & Economy
Build #2611