Trending
Prev Story
Next Story

फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

Ekantipur •
November 09, 2026 • 10:01 AM
1
1 reads 0 reactions

यस्ता सूचना भ्रामक अभियानले दीर्घकालीन रूपमा पश्चिमा लोकतन्त्रप्रतिको धारणा बदल्न र आप्रवासीविरोधी भावना भड्काउन मद्दत पुर्‍याउने विज्ञहरुले बताएका छन्

फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

यस्ता सूचना भ्रामक अभियानले दीर्घकालीन रूपमा पश्चिमा लोकतन्त्रप्रतिको धारणा बदल्न र आप्रवासीविरोधी भावना भड्काउन मद्दत पुर्‍याउने विज्ञहरुले बताएका छन्

ब्रसेल्स — गत महिना फ्रान्समा भड्किएको दंगालाई प्रयोग गर्दै रुस, अमेरिकाको ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) अभियान र इजरायलसँग जोडिएका सामाजिक सञ्जाल खाताहरूले भ्रामक तथा वैमनस्यपूर्ण प्रचार फैलाएको आरोप युरोपेली युनियन (ईयू) ले लगाएको छ ।

युरोपेली संघ  र फ्रान्सेली विदेश मन्त्रालयका गोप्य प्रतिवेदनहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार विदेशी शक्तिहरूले फ्रान्सको आन्तरिक अशान्तिलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेका हुन्।

ईयूको विश्लेषण अनुसार अपरेसन ओभरलोड नाम दिइएको रुसी सञ्जालले फ्रान्सेली नागरिकहरूलाई लक्षित गर्दै पश्चिमा सञ्चारमाध्यमको भेषमा झूटा भिडियोहरू फैलाएको थियो ।

ती सामग्रीमा अनियन्त्रित आप्रवासन, प्रदर्शनकारीमाथि बलात्कार र आतंकवादी आक्रमणको त्रास देखाउँदै फ्रान्सेली नेतृत्वलाई कमजोर र निरंकुश चित्रण गर्ने प्रयास गरिएको थियो। यद्यपि, यी सञ्जालले दंगा सुरु गराएको नभई परिस्थितिको फाइदा मात्र उठाएको प्रतिवेदनमा उल्लेख छ।

फ्रान्सेली प्रतिवेदन अनुसार रुसी एकाउन्टबाट गरिएका शीर्ष १० पोस्टहरूले २८ लाख भ्युज पाउँदा अमेरिकी ‘मागा’ समर्थक र इजरायली अधिकारी तथा प्रभावशाली व्यक्तिहरूसँग जोडिएका एकाउन्टहरूले त्योभन्दा बढी प्रभाव पारेका थिए।

सोही अवधिमा ‘मागा’ सम्बद्ध एकाउन्टका पोस्टले ४ करोड ९० लाख र इजरायली सम्बद्ध पोस्टले ३ करोड ५० लाखभन्दा बढी भ्युज पाएका थिए। ती पोस्टहरूमा फ्रान्सको हिंसालाई कट्टरपन्थी इस्लाम र बसाइँसराइसँग जोडिएको थियो।

विज्ञहरूका अनुसार यस्ता सूचना भ्रामक अभियानले दीर्घकालीन रूपमा पश्चिमा लोकतन्त्रप्रतिको धारणा बदल्न र आप्रवासीविरोधी भावना भड्काउन मद्दत पुर्‍याउँछन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विरोध प्रदर्शन पछाडि प्रत्यक्ष विदेशी हस्तक्षेप नदेखिए पनि सूचनाको भ्रामक हेरफेर भने भएको पुष्टि गरेका छन्। रुस र इजरायलले भने यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप

ईयू रिपोर्ट– फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप

२४ कात्तिक, काठमाडौं । फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्ध भइरहेका प्रदर्शनका बीच सामाजिक सञ्जालमा फर्जी पोस्ट र भिडियोहरू फैलाइएको पाइएको छ। युरोपेली सङ्घ (ईयू) को एक आन्तरिक रिपोर्टका अनुसार, रुससँग जोडिएका नेटवर्कहरूले आप्रवासीविरुद्ध घृणा फैलाएर …

#फ्रान्स #ईयू #रुस
Compare →
Hamro Patro News
3d ago
फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप :  ईयू रिपोर्ट

फ्रान्सको प्रदर्शनमा रुस, इजरायल र अमेरिकाको हस्तक्षेप : ईयू रिपोर्ट

काठमाडौं– फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्ध भइरहेका प्रदर्शनलाई रुस, इजरायल र अमेरिकासँग जोडिएका सञ्जालले सामाजिक सञ्जालमार्फत प्रभावित पार्ने प्रयास गरेको युरोपेली सङ्घ (ईयू) को एक आन्तरिक प...

#फ्रान्स #रुस #इजरायल
Compare →
Bizshala
2d ago
सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

काठमाण्डौ । फ्रान्सको बन्दरगाह सहर मार्सेईमा सन् २०२२ मा एक महिलाले चरेस किनिन्। बेच्ने किशोरले लागूऔषधसँगै सुटुक्क...

#फ्रान्स
Compare →
Nagarik News
3d ago
फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो।

#फ्रान्स
Compare →

Related Stories

World News
Build #2611