Trending
Prev Story
Next Story

लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन

Ekantipur •
November 06, 2026 • 07:01 AM
1
1 reads 0 reactions

प्रदेशका १०९ पालिकाले वडास्तरसम्म कार्यक्रम पुर्‍याउँदै वृत्तचित्र, सडक नाटक, सञ्चारप्रचार र विशेष परामर्शमार्फत बालविवाहविरुद्ध जनमत निर्माण गर्नेछन्।

लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन

प्रदेशका १०९ पालिकाले वडास्तरसम्म कार्यक्रम पुर्‍याउँदै वृत्तचित्र, सडक नाटक, सञ्चारप्रचार र विशेष परामर्शमार्फत बालविवाहविरुद्ध जनमत निर्माण गर्नेछन्।

दाङ — लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

जसका लागि आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत प्रदेशका सबै स्थानीय तहलाई १० लाखका दरले बालविवाह न्यूनिकरण सशर्त अनुदान उपलब्ध गराइएको छ । कूल १ सय ९ स्थानीय तहका लागि १० करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।

उक्त सशर्त अनुदान प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकारले ‘बाल विवाह न्यूनीकरण सशर्त अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३’ जारी गरेको छ । कार्यविधिअनुसार प्रदेशभित्रका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले आफ्नो सम्बन्धित शाखामार्फत बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

कार्यक्रमका मुख्य लक्षित समूहमा विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, विद्यालयबाहिर रहेका १२ देखि १८ वर्ष उमेर समूहका बालिका तथा किशोरी र उनीहरूका अभिभावक रहेका छन् । शिक्षक तथा शिक्षिकालाई समेत कार्यक्रममा सहभागी गराइनेछ ।

बालविवाहबाट पर्ने सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कानुनी असरबारे लक्षित वर्गलाई सचेत गराउने कार्यक्रम सञ्चालन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बालविवाहको जोखिम रहेका क्षेत्र, समुदाय र वर्ग पहिचान गरी विद्यालयबाहिर रहेका किशोरीलाई विशेष परामर्श प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, बालविवाह र त्यसबाट उत्पन्न हुने कानुनी परिणामबारे न्यायिक, सुरक्षा तथा प्रशासनिक क्षेत्रका विज्ञ र उत्प्रेरक व्यक्तिमार्फत प्रशिक्षण दिन सकिनेछ । बालविवाह न्यूनीकरणका लागि लामो समयदेखि योगदान दिएका व्यक्तिलाई प्रशिक्षकका रूपमा परिचालन गर्न सकिने व्यवस्था पनि कार्यविधिमा छ ।

प्रदेश सरकारले उपलब्ध गराएको अनुदान सम्भव भएसम्म पालिकाभित्रका सबै वडामा खर्च गर्नुपर्नेछ । बालविवाहको अवस्थाबारे वार्षिक तथ्यांक संकलन गर्ने, बालविवाह बढी हुने बस्ती, टोल, समुदाय र वडालाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, बालविवाहविरुद्ध तयार गरिएका वृत्तचित्र तथा लघु चलचित्र प्रदर्शन, सडक नाटक र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिनेछ । स्थानीय रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम र पत्रपत्रिकाबाट कार्यक्रमको प्रचारप्रसार गर्न अनुदान रकमको अधिकतम १५ प्रतिशतसम्म खर्च गर्न पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

प्रदेशलाई बालविवाहमुक्त बनाउने आधार तयार गर्ने, बालअधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने र बालविवाहविरुद्ध बालबालिका, अभिभावक, शिक्षक तथा सामाजिक र धार्मिक अगुवाको सोच र व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यले कार्यविधि जारी गरिएको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौंको लय फर्कियो, पोखरा अझै जितविहीन

एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौंको लय फर्कियो, पोखरा अझै जितविहीन

आजको विश्रामपछि सुरु हुने खेलले अंकतालिकाको समीकरण मात्र होइन, उपाधि दौडको दिशा पनि थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

#लुम्बिनी
Compare →
Onlinekhabar
5d ago
विश्वले उत्सव मनाउने लुम्बिनीमा उपेक्षित स्थानीय सवाल

विश्वले उत्सव मनाउने लुम्बिनीमा उपेक्षित स्थानीय सवाल

विश्वस्तरमा स्थापित पवित्र लुम्बिनीको पहिचानले त्यहाँ आसपासका बासिन्दाहरूको जीवनमा के परिवर्तन ल्यायो भन्ने प्रश्न नेपालले अझै उठान गर्न सकेको छैन। हरेक वर्ष बुद्ध पूर्णिमाका दिन श्रीलङ्का, थाइल्यान्ड, जापान, कोरिया र भियतनामबाट आएका तीर्थयात्री लुम्बिनीका इँटा बिछ्याइएका …

#लुम्बिनी
Compare →
Hamro Patro News
6d ago
यस सिजनमा लुम्बिनीको पहिलो हार

यस सिजनमा लुम्बिनीको पहिलो हार

काठमाडौँ। यस सिजनको एनपिएलमा लुम्बिनी लायन्सले पहिलो पराजयको सामना गरेको छ। शनिबार भएको खेलमा काठमाडौँ गुर्खाजले लुम्बिनीलाई ३६ रनले हरायो। १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३ बल बाँकी रहँदा सबै...

#लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →

Related Stories

National (Nepal)
Build #2611