Trending
Prev Story
Next Story

इन्ट्राडे ट्रेडिङ कारोबार बाटो खुल्दैः नियमावलीको मस्यौदा तयार, बोर्डद्वारा सुझाब माग

Arthasansar •
November 06, 2026 • 04:35 AM
1
1 reads 0 reactions

नेपाली पुँजी बजारमा लामो समयदेखि पर्खाइमा रहेको अन्तरदिवसीय (इन्ट्राडे) कारोबारलाई कानुनी दायरामा ल्याउने बाटो खुला हुने भएको छ । नेपाल...

इन्ट्राडे ट्रेडिङ कारोबार बाटो खुल्दैः नियमावलीको मस्यौदा तयार, बोर्डद्वारा सुझाब माग

नेपाली पुँजी बजारमा लामो समयदेखि पर्खाइमा रहेको अन्तरदिवसीय (इन्ट्राडे) कारोबारलाई कानुनी दायरामा ल्याउने बाटो खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यस यस्तो कारोबारका लागि नियमावलीको मस्यौदा तयार पारिसकेको छ ।

बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३ को प्रारम्भिक मस्यौदा तयार गरी सार्वजनिक गरेको छ । उक्त मस्यौदामा राय सुझाब दिन बोर्डले आग्रह गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ को अधिकार प्रयोग गर्दै नेपाल सरकारको स्वीकृतिमा यो नियमावली कार्यान्वयनमा ल्याउन लागिएको बोर्डले जनाएको छ । यो व्यवस्था लागू भएपछि लगानीकर्ताले एकै कारोबार दिनभित्र सेयर खरिद–बिक्री गरी सोही दिनभित्रै आफ्नो कारोबार स्थिति समापन (स्क्वायर अफ) गर्न सक्नेछन् ।

नियमावलीको प्रारम्भिक मस्यौदा अनुसार इन्ट्राडे धितोपत्र कारोबार सेवा प्रदान गर्न चाहने धितोपत्र व्यवसायी (ब्रोकर तथा धितोपत्र व्यापारी) का लागि कडा मापदण्ड तोकिएको छ । यो सेवा प्रदान गर्न ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । यसका साथै कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने, वास्तविक समय जोखिम व्यवस्थापन प्रणाली सञ्चालनमा रहेको हुनुपर्ने र दक्ष जोखिम व्यवस्थापन अधिकारी नियुक्त गरेको हुनुपर्ने सर्त राखिएको छ ।

कस्ता सेयरमा मात्र गर्न पाइनेछ इन्ट्राडे कारोबार ?

बोर्डका अनुसार बजारमा सूचीकृत सबै सेयरमा इन्ट्राडे कारोबार गर्न पाइने छैन । यसका लागि धितोपत्र बजारले समय–समयमा योग्य धितोपत्रको सूची प्रकाशित गर्नेछ । उक्त धितोपत्रको मात्रै इन्ट्राडे कारोबार हुने छ ।

त्यसका लागि यी योग्यता पुगेको हुनु पर्ने छ

धितोपत्रको तरलता र दैनिक कारोबार परिमाण कारोबारयोग्य (फ्रि फ्लोट) सेयरको संख्या मूल्य अस्थिरता र बजार पूँजीकरण संगठित संस्थाको संस्थागत सुशासन र वित्तीय अवस्था

नियमावलीले लगानीकर्ता र बजारको जोखिम न्यूनीकरणका लागि मार्जिन व्यवस्थापनु लाई अनिवार्य बनाएको छ । लगानीकर्ताले कारोबार गर्नु अघि ब्रोकरकहाँ तोकिएको प्रारम्भिक मार्जिन (रकम वा स्वीकृत धितो) राख्नुपर्नेछ । यदि कुनै लगानीकर्ताले तोकिएको समयभित्र आफ्नो खुला अवस्था (ओपन पोजिसन) आफैं बन्द नगरेमा, ब्रोकरको स्वचालित प्रणालीले स्वतः बन्द गरिदिनेछ । यसरी स्वतः बन्द गर्दा उत्पन्न हुने नाफा, नोक्सानी, शुल्क वा अन्य वित्तीय दायित्व सम्बन्धित ग्राहक स्वयंले व्यहोर्नुपर्ने व्यवस्था मस्यौदामा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
सेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक

सेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक

१९ कात्तिक, काठमाडौं । नेपालको सेयर बजारमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डले नियमावली मस्यौदा ल्याएको छ । सरोकारवालाबाट मंसिर ४ गतेभित्र राय सुझाव माग गर्दै मस्यौदा सार्वजनिक गरिएको छ । बिहान सेयर खरिद गरेर …

#नियमावली #बोर्ड #इन्ट्राडे
Compare →
Bizshala
1w ago
इन्ट्राडेमा सेबोनको कडा मोडल, एकै दिन पोजिसन बन्द नगरे सिस्टमले आफैं बेचिदिने

इन्ट्राडेमा सेबोनको कडा मोडल, एकै दिन पोजिसन बन्द नगरे सिस्टमले आफैं बेचिदिने

काठमाण्डौ । नेपालको सेयर बजारमा लामो समयदेखि चर्चामा रहेको अन्तरदिवसीय अर्थात् ‘इन्ट्राडे ट्रेडिङ’ सञ्चालनका लागि...

#बोर्ड #इन्ट्राडे #अन्तरदिवसीय
Compare →
Hamro Patro News
1w ago
नेप्सेमा इन्ट्राडे कारोबारको तयारी

नेप्सेमा इन्ट्राडे कारोबारको तयारी

काठमाडौं : नेपालमा सेयर बजारमा एउटै दिन सेयर किन्ने र बेच्ने (इन्ट्राडे) कारोबार सुरु गर्ने तयारी भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्ट्राडे कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन ‘...

#बोर्ड #इन्ट्राडे #धितोपत्र
Compare →
Ekantipur
1w ago
एकै दिन एउटै सेयर किन्न र बेच्न सकिने ‘इन्ट्राडे ट्रेडिङ’ को तयारी

एकै दिन एउटै सेयर किन्न र बेच्न सकिने ‘इन्ट्राडे ट्रेडिङ’ को तयारी

यस्तो कारोबारमा पहिले आफूसँग भएको सेयर बिक्री गरी सोही दिन पुनः खरिद समेत गर्न सक्छन् ।

#धितोपत्र #इन्ट्राडे #ट्रेडिङ
Compare →
Nagarik News
1w ago
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।

#नियमावली
Compare →

Related Stories

Business & Economy
Build #2612