Trending
Prev Story
Next Story

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव : आफ्नो समूह र पार्टी नभनी भ्रष्टाचारीलाई जेल हाल्नुस्

Nagarik News •
November 06, 2026 • 03:43 AM
1
1 reads 0 reactions

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्न र उनीहरूको अवैध सम्पत्ति जफत गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव : आफ्नो समूह र पार्टी नभनी भ्रष्टाचारीलाई जेल हाल्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्न र उनीहरूको अवैध सम्पत्ति जफत गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै कसलाई सरकारबाट हटाउने र कसलाई राख्ने भन्नेभन्दा पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

शाहीले अपराधमा संलग्न व्यक्तिलाई पार्टी, समूह र आफन्त नभनी कारबाही गर्नुपर्ने बताएका छन्।

'कसलाई निकाल्नुपर्छ निकाल्नुस्, कसलाई राख्नुपर्छ राख्नुस्। तर भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्‍यो। उनीहरूको अवैध सम्पत्ति जफत गर्नुपर्‍यो। देशमा रोजगारी सिर्जना गर्नुपर्‍यो,' सामाजिक सञ्जालमार्फत उनले भने, 'अपराधीहरू जोसुकै हुन्, आफ्नो–पराइ नभनी कारबाही गर्नुपर्‍यो। पार्टी हेर्नुभएन, आफ्नो समूह हेर्नुभएन।'

उनले अबको पाँच वर्षपछि कुनै पनि नेपाली युवा रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

'अबको पाँच वर्षपछि कुनै पनि नेपाली युवा विदेशमा गएर पसिना बगाउन नपरोस्, अर्काको देशमा श्रम गर्न बाध्य हुन नपरोस्। प्रधानमन्त्रीज्यू, जनताको अपेक्षा यत्ति हो,' उनले भनेका छन्।

प्रकाशित: २० कार्तिक २०८३ ०९:२८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
टोपबहादुर रायमाझी जेलमुक्त भएपछि ज्ञानेन्द्र शाहीको सरकारमाथि कडा प्रश्न: भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण मात्रै हो कि नयाँ अनुसन्धान पनि हुन्छ?

टोपबहादुर रायमाझी जेलमुक्त भएपछि ज्ञानेन्द्र शाहीको सरकारमाथि कडा प्रश्न: भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण मात्रै हो कि नयाँ अनुसन्धान पनि हुन्छ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि ...

#शाही #ज्ञानेन्द्र #भ्रष्टाचारी
Compare →
Onlinekhabar
6d ago
मुख्यमन्त्री शाहीका १०० दिन : पुराना योजनाको निरन्तरता नै उपलब्धि

मुख्यमन्त्री शाहीका १०० दिन : पुराना योजनाको निरन्तरता नै उपलब्धि

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीमा अघिल्लो सरकारले सुरु गरेका आयोजना, तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह ल्याएको बजेट र नियमित प्रशासनिक कामसमेत …

#शाही
Compare →

Related Stories

Politics & Governance
Build #2611