Trending
Prev Story
Next Story

धन्वन्तरीको अमृतले भरिएको कलश

Ekantipur •
November 06, 2026 • 02:31 AM
1
1 reads 0 reactions

धनतेरसका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ, तर यस पर्वमा किनमेल नै गर्नुपर्छ भन्ने अनिवार्य होइन।

धन्वन्तरीको अमृतले भरिएको कलश

धनतेरसका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ, तर यस पर्वमा किनमेल नै गर्नुपर्छ भन्ने अनिवार्य होइन।

काठमाडौँ — धनतेरस र लक्ष्मीपूजा एकआपसमा अन्तरसम्बन्धित छन् । कात्तिक कृष्ण पक्षको त्रयोदशी (धनतेरस) मा आरोग्यताको कामना गरी आफूलाई सफासुग्घर राखी औंसीमा आर्थिक संवृद्धिका लागि पूजा गरिन्छ । यसरी हेर्दा धनतेरसबाट शुरु भएको पूजा तथा आरधना लक्ष्मीपूजा हुँदै भाइटिकासम्म पुग्छ ।

धनतेरसदेखि लक्ष्मीपूजासम्म आरोग्यको कामना र धन तथा समृद्धिका लागि आराधना गरिन्छ । यसकारण धनतेरस र लक्ष्मीपूजालाई मुख्यगरी मारवाडी समुदायले व्यापारिक संस्कृतिको उत्सवका रुपमा लिने गर्छ ।

प्राचीनकालमा देवता र असुरद्वारा गरिएको समुद्र मन्थनका क्रममा आरोग्यका प्रवर्तक धनवन्तरिको उत्पत्ति भएको पौराणिक मान्यता छ । उनको अर्को नाम ‘पीयूषपाणि धनवन्तरि’ पनि हो । उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ । कार्तिक कृष्ण पक्षको त्रयोदशी अथवा काग तिहारको दिन धनवन्तरि त्रयोदशी अर्थात् धनतेरस मनाउने चलन छ । यस दिनलाई धन त्रयोदशी पनि भन्ने गरिन्छ । यो दिन आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मोत्सव मनाउने पनि पर्व हो ।

धनतेरसका दिन नयाँ–नयाँ भाँडाकुाडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । तर, यस पर्वमा किनमेल नै गर्नुपर्छ भन्ने अनिवार्य होइन । समुद्र मन्थनबाट उत्पन्न हुँदा धन्वन्तरीले हातमा अमृतले भरिएको कलश लिएर आएको हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मानिन्छ । धनतेरसको दिन साँझ यमराजलाई इंगित गरी घरको मूल दैलोमा दियो राखिन्छ र उनलाई घरभित्र नपस्न र कसैलाई दुःखकष्ट नदिन अनुरोध गर्दै पूजा गरिन्छ । त्यही भएर पनि यो पर्वलाई स्वास्थ्य र दीर्घायुसँग जोडेर हेरिन्छ ।

आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्वपूर्ण वस्तुका रूपमा लिइन्छ । धनतेरसका दिन सुनचाँदीका भाँडाकुँडा, सिक्का, आभूषण आदि किन्ने परम्परा पुरानै हो । हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटरजस्ता विलासिताका वस्तुहरू खरिद गर्ने प्रचलन बढ्दै गएको छ । रीतिरिवाज र परम्परासँग जोडिएको ‘धनतेरस’ पर्व विशेषगरी आरोग्य, आर्थिकोपार्जन र सुरक्षणसँग जोडिएको छ ।

तर पछिल्ला वर्षहरूमा विकृति पनि देखिन थालेको छ । केहीले आर्थिक हैसियत र क्षमतालाई प्रदर्शन गर्ने पर्वका रूपमा यसलाई लिएको देखिन्छ । क्षमता भएकाले धनसम्पत्ति जोड्नु नराम्रो होइन । तर अनावश्यक र भड्किलो बनाउनु हुँदैन । सक्नेले जे–जति सम्पत्ति खरिद गरे पनि भयो । समाज नै भड्काउने, विकृति फैलाउने काम गर्नु भएन ।

धनतेरसमा सम्पत्ति नै जोड्नुपर्छ भन्ने कहीं छैन । परम्पराअनुसार धनतेरसको दिन अन्य सामग्री किन्ने हैन, नयाँ भाँडा नै खरिद गर्ने हो । भाँडा पनि स्टिल र आल्मुनियमको हैन, पित्तल र तामा मिसावट भएको काँचको कचौरा वा थाल हो । यो दिन फलाम र सिसाको सामान किन्नै हुन्न भन्ने मान्यता छ । त्यही भएर काँचको भाँडा, कुचो, धनियाँलगायत पूजा सामग्री किनेर धनतेरस पूजा गर्ने गरेको छु । यसबाहेक धनतेरसकै अवसर पारेर नयाँ लगानी वा सम्पत्ति जोड्ने गरेको छैन ।

क्षेत्री र ब्राहृमणले गुरुपूर्णिमा र सरस्वतीलाई बढी मानेजस्तै वैश्यहरूले धनतेरस धुमधामका साथ मनाउँछन् । मारवाडी समुदायका लागि सबैभन्दा महत्वपूर्ण दिन लक्ष्मीपूजा हो । धनतेरसलाई लक्ष्मी भित्र्याउने पहिलो दिन मानिन्छ । धनतेरसको अघिल्लो दिन द्वादशीसम्म घर, कार्यालय, व्यावसायिक प्रतिष्ठान सबै ठाउँको कुनाकाप्चामा सरसफाइ गरिन्छ । धनतेरसका दिन भाँडा किन्ने, भोलिपल्ट कपाल काट्ने र नुहाउने गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा मनाइन्छ ।

त्यसको भोलिपल्ट मारवाडीहरू भेला हुने चलन छ । यसको पनि छुट्टै कथा छ । भारत, राजस्थानको मारवाड क्षेत्र उदगम थलो भएकाले हामीलाई मारवाडी भनिएको हो । मारवाड खेतीपाती नहुने मरुभूमिजस्तो थियो । दुःख पाएपछि त्यहाँबाट कामको खोजीमा हाम्रा पुर्खा निस्किए । व्यापारमा संलग्न भए । त्यो पनि कपडाको । नेपालमा पनि कपडाकै व्यापारबाट काम सुरु गरेका हुन् ।

मारवाडी वैश्य जाति हो । हाम्रो मुख्य पेसा व्यापार हो । व्यापार भन्ना साथ पैसा–धन जोडिन्छ । लक्ष्मी पनि धन–सम्पत्तिसँग जोडिन आउँछिन् । धन जोडिएपछि लक्ष्मीपूजाले प्राथमिकता पायो । व्यापार गर्ने मान्छे लक्ष्मीको उपासक बन्यो । लक्ष्मीपूजाका लागि धनतेरसमै सामान किन्ने चलन भयो । यसले पनि यो पर्व मारवाडीले बढी मनाउने हो भन्ने मान्यता स्थापित भएको हो । संस्कृति भनेको सर्दै जाने विषय हो । जस्तो, हामी लहानमा बस्दा ५०/६० घर मारवाडी परिवार थियौं । त्यहाँ अन्य समुदायका मानिस पनि बसोबास गर्छन् । उनीहरूले पनि धनतेरस र लक्ष्मीपूजा मनाउन थाले ।

धनतेरसको दिन भारतका दैनिक पत्रिकाहरूमा सामान बिक्री गर्ने छुट योजनाहरूको मात्रै विज्ञापन हुन्छ । व्यापारीले नै यसलाई प्रोत्साहन गरेका हुन् । नेपालमा पनि यस्तै चलन बिस्तारै बढ्दै गएको हो । धनतेरसका दिन छुट योजना ल्याउने गरिन्छ । यो चलन विस्तार हुँदै जानुमा अर्को कारण पनि छ । जस्तै, मेरा साथीहरू क्षत्री, बाहुन पनि छन् । मैले उनीहरूको संस्कृति मनाउने र उनीहरूले मैले गरेजस्तो धनतेरसलाई प्राथमिकता दिने गर्न थाले । संस्कृति बिस्तारै–बिस्तारै सर्दै जाने भएकाले धनतेरस अहिले सबैले मनाउन थाले ।

धनतेरसको दिन किनिएको भाँडालाई लक्ष्मीपूजाको दिन पूजा गर्ने र वर्षभरि प्रयोग गर्ने हो । त्यस्तै लक्ष्मीपूजा हाम्रा लागि नयाँ वर्ष पनि हो । व्यापारीको हिसाबकिताब राफसाफ गर्ने दिन हो  । लक्ष्मीपूजाको दिन पुरानो खाता बन्द गरेर नयाँ सुरु गरिन्छ । पुरानो र नयाँ खाता पूजा गरिन्छ । नेपाल सरकारले पनि पहिले लक्ष्मीपूजालाई नै आर्थिक वर्षसरह मान्ने गरेको थियो । लक्ष्मीपूजाको दिनलाई नयाँ आर्थिक वर्ष मानेर सोहीअनुसार आयकर बुझाउन पाइन्थ्यो । सरकारी लेखा प्रणाली बलियो भएसँगै यो व्यवस्था सरकारले मान्न छोड्यो । यस कारणले हामी नयाँ खाता साउनबाटै लागू गर्छौं ।

लक्ष्मीपूजाको दिन साउनको खाता पनि पूजा गरिन्छ । खाता प्रणाली पनि बदलिएको छ । पहिले हिसाबकिताबको अभिलेख कागजी खातामा हुन्थ्यो । पैसा ट्यांकामा राखिन्थ्यो । अहिले पैसा बैंकमा, अभिलेख कम्प्युटरमा हुन्छ । लक्ष्मीपूजाको दिन कम्प्युटर पनि पूजा गरिन्छ । तर, आफ्नो परम्परा छाड्न नसकिँदो रहेछ । त्यसकारण अभिलेख नराखे पनि हामीले एउटा नयाँ डायरी किनेर भए पनि पूजा गर्छौं ।

अहिले खाता र पैसा सांकेतिक रूपमा मात्रै पूजा गरिन्छ । कतिपयले धनतेरसको दिन लक्ष्मीपूजा पनि गर्छन् । यो पारिवारिक चाड हो । हाम्रो संस्कृतिअनुसार जो जहाँ भए पनि धनतेरसको दिन घरमा आउनैपर्छ । लक्ष्मीपूजाको साँझ पुजारी राखेर पूजा गरिन्छ । भोलिपल्ट बिहान पूजा विसर्जन हुन्छ ।

मान्यजनसँग आशीर्वाद लिने काम लक्ष्मीपूजाको भोलिपल्ट हुन्छ । हाम्रो परिवार लहानमा हुँदा मान्यजनलाई ढोग्ने र आशीर्वाद लिने गर्थ्यौं । काठमाडौंमा पारिवारिक हिसाबले नजिकको मान्यजनको घरमै पुगिन्छ । अन्य सबै मारवाडीले सामूहिक रूपमा भेट गर्ने चलन छ । पहिले मारवाडी सेवा समितिमै भेला हुन्थ्यौं । अहिले त्यहाँ ठाउँ नपुग्ने भएपछि भृकुटीमण्डप अथवा कुनै पार्टी प्यालेसमा भेला भएर शुभकामना आदानप्रदान गर्छौं ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

काठमाडौं– धनतेरसको अवसरमा काठमाडौँको न्यूरोड, असन क्षेत्रमा सर्वसाधारण सुनचाँदीका गरगहना र धातुका भाँडाकुँडा खरिद गरिरहेका छन् । धनतेरसमा नयाँ धातुका सामान खरिद गर्नु शुभ मानिने धार्मिक तथा सांस्क...

#सुनचाँदी #धनतेरस #भाँडाकुँडा
Compare →
Bizshala
5d ago
लक्ष्मीपूजामा सुनचाँदीको भाउ स्थिर, शुक्रबारकै दर किन कायम ?

लक्ष्मीपूजामा सुनचाँदीको भाउ स्थिर, शुक्रबारकै दर किन कायम ?

काठमाण्डौ । लक्ष्मीपूजाका दिन सुनचाँदी किन्न जाने उपभोक्ताले शुक्रबारकै दर तिर्नुपर्ने भएको छ। नेपाल सुनचाँदी...

#सुनचाँदी #लक्ष्मीपूजा
Compare →
Nagarik News
1w ago
धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

#सुनचाँदी #धनतेरस
Compare →

Related Stories

Business & Economy
Build #2611