काठमाडौं – हिन्दु धर्मावलम्बीले आज यमदीपदान गर्दैछन्। दीपावली अर्थात् यमपञ्चकको महत्त्वपूर्ण धार्मिक परम्परामध्ये यमदीपदान पनि एक हो । अकाल मृत्युको भयबाट मुक्ति, परिवारका सदस्यको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै यमराजको नाममा दीप प्रज्वलन गर्ने धार्मिक विधिलाई यमदीपदान भनिन्छ ।
हिन्दु धर्मग्रन्थमा उल्लेखित मान्यताअनुसार यमराजलाई मृत्युका देवता मात्र नभई धर्मराज अर्थात् न्यायका अधिपतिका रूपमा पनि लिइन्छ । स्कन्द पुराण र पद्म पुराणमा यमराजको स्मरण गरी दीपदान गर्नाले अकाल मृत्युको भयबाट मुक्ति मिल्ने र परिवारका सदस्यको आयु वृद्धि हुने धार्मिक विश्वास उल्लेख गरिएको छ ।
Read full story at source ( bishowkhabar.com )