नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिएसँगै धनकुटका बजार तथा पसलमा चहलपहल बढेको छ । गाउँघरबाट तिहारमा चहिने आवश्यक सामाग्री किनमेल गर्न बजार आउने भिडभाड बढेको हो ।
तिहारमा चाहिने विभिन्न आवश्यक सरसामान किन्नका लागि धनकुटा बजार, चोक तथा पसलमा बिहानैदेखि भिडभाड लाग्ने गरेको छ । गाउँबाट पूजासामग्री, कपडा, ढाकाटोपी, फलफूल, भाइमसला लगायतका सामग्री खरिद गर्न बजार आएका थिए । यस्तै हाटबजारमा ढाकाटोपी, कपडा, सगुन, फलफूल, ओखर, कटुस, बदाम, काजु, किसमिस, रङ र भगवानका तस्बिर किन्नेको भिड लागेको थियो । घर सजावटका लागि प्रयोग गरिने रङ, बत्ती र माटाका पाला, पूजा र घर सजावटका सामग्रीको समेत व्यापार बढेको धनकुटाका स्थानीय व्यापारी दिपक दाहाल बताउनुहुन्छ । गत वर्षभन्दा यस वर्ष व्यापार सन्तोषजनक रहेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )