म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार
काठमाडौँ — काठमाडौं । कसैको भाग्यमा मोटरसाइकल, कसैको हातमा स्कुटर ! सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठूलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन ।म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानमा यस्तै भाग्यशाली बनेका विजेताको हातमा अब पुरस्कार पुग्न थालेको छ ।
अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ । म्याक्स टाइगरको क्यानको बिर्कोबाट आकर्षक पुरस्कार जित्ने अवसर पाएका दुवै विजेताले अभियानअन्तर्गत जितेको मोटरसाइकल प्राप्त गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
सुमन र विनोद दुवैका लागि सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्क यसपटक मोटरसाइकल जित्ने अवसर बनेको छ ।
यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई विजेताले आफ्नो पुरस्कार प्राप्त गरेका छन् । धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरिएको छ भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन् । यससँगै काठमाडौं र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मोटरसाइकल प्राप्त गरेका सुमनले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठूलो पुरस्कार प्राप्त हुने कल्पनासमेत नगरेको बताउँदै पुरस्कार हात पर्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार मोटरसाइकल जितेको खबरले जति उत्साहित बनाएको थियो, पुरस्कार प्राप्त गर्दाको क्षण अझ विशेष बनेको छ ।
मोटरसाइकल प्राप्त गरेका अर्का विजेता विनोद ढुंगेलले म्याक्स टाइगरको अभियान आफ्ना लागि अप्रत्याशित खुसीको अवसर बनेको बताएका छन् ।
सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा मोटरसाइकल जित्ने अवसर मिल्नु आफैँमा अनौठो अनुभव भएको उल्लेख गर्दै उनले पुरस्कार प्राप्त गरेपछि उत्साह झनै बढेको उनकाे भनाइ छ ।
विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
धरानका अनोज कुमार अधिकारीले स्कुटर प्राप्त गरेका छन् भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल हात पारेका छन् ।
स्कुटर विजेता अनोजले आफूले जितेको पुरस्कार प्राप्त गर्नु खुसीको क्षणभएको बताउँदै म्याक्स टाइगरको यो अभियान आफ्नो लागि यादगार बनेको प्रतिक्रिया दिएका छन् ।