Trending
Prev Story
Next Story

प्रधानमन्त्री र भारतीय विदेश सचिवबिच भेट, भयो भारत भ्रमणबारे छलफल

Nagarik News •
November 05, 2026 • 12:44 PM
1
1 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री र भारतीय विदेश सचिवबिच भेट, भयो भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी दिए।

उनले भ्रमण सफल बनाउन भारत सरकारले आवश्यक गृहकार्य गरिरहेको बताए।

भेटका क्रममा विदेश सचिव मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका थिए।

उनले आजै यस मार्गमा रेलको सफल परीक्षण सञ्चालनसमेत भइसकेको प्रधानमन्त्रीलाई अवगत गराए। साथै, ऊर्जा, जलस्रोत, व्यापार-पारवहन र उड्डयनसम्बन्धी दुई देशबीचका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारीसमेत मिस्रीले गराएका थिए।

सो अवसरमा प्रधानमन्त्री शाहले हालै रसुवा-भोटेकोशीमा आएको बाढीपछि भारतले ‘फर्स्ट रेस्पोन्डर’ का रूपमा राहत सामग्री तथा उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे।

प्रधानमन्त्री शाहले विपद्का समयमा भारतीय प्रधानमन्त्री मोदीले फोनमार्फत जनाएको ऐक्यबद्धताप्रति समेत धन्यवाद ज्ञापन गरे।

भेटवार्तामा प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यबारे समेत विशेष चासो राखेका थिए।

प्रकाशित: १९ कार्तिक २०८३ १८:२९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट

पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट

काठमाडौं– नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग शुक्रबार शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा भौतिक पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा ...

#भारतीय #भेट #भारत
Compare →
Onlinekhabar
9h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#भारतीय #भारत
Compare →
Ekantipur
9h ago
नेपाली जुटको एन्टिडम्पिङ ड्युटीबारे भारतसँग छलफल

नेपाली जुटको एन्टिडम्पिङ ड्युटीबारे भारतसँग छलफल

भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका विषयमा छलफल भएको थियो ।

#भारतीय #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2611