Trending
Prev Story
Next Story

प्रधानमन्त्रीले विदेश सचिव मिश्रीलाई सोधे- खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ ?

Onlinekhabar •
November 05, 2026 • 01:01 PM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले नेपावको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो राखेका छन् । दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो …

प्रधानमन्त्रीले विदेश सचिव मिश्रीलाई सोधे- खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ ?

१९ कात्तिक, काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले नेपावको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्नसकिन्छ भन्दै भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो राखेका छन् ।

दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसअघि प्रोटोकल नमिल्ने भन्दै कूटनीतिक भेटघाट अस्वीकार गर्दै आएका प्रधानमन्त्री शाहले अहिले नेपाल भ्रमणका आएका कूटनीतिक अधिकारीहरूसँग पनि भेट्न थालेका छन् । यसअघि पनि भारतीय विदेश सचिव विक्रम मिश्री आउने खोजेका थिए ।

त्यो बेला प्रधानमन्त्री शाहले भेट नदिने भएपछि उनी नआएको कूटनीतिक वृत्तमा चर्चा छ ।

यसपटक प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीको सिलसिलामा मिश्री नेपाल आएका हुन् ।

आजको भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार गरेका थिए ।

शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिस्रीले आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराउएका थिए ।

उनले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका थिए ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको पनि मिश्रीले जानकारी दिएका थिए । आजै यो मार्गमा रेल परीक्षण सञ्चालन भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलक...

#खेलकुद
Compare →
Nagarik News
11h ago
चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्

र प्रधानमन्त्रीले चीनसँगको नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए । साथै, भ्रमणलाई केवल औपचारिक वा पर्यटकीय भ्रमणमा सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिए ।

#बालेन-शाह #विकास
Compare →
Ekantipur
13h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

#खेलकुद
Compare →

Related Stories

Politics & Governance
Build #2611