Trending
Prev Story
Next Story

प्रधानमन्त्री कार्यालयको २०७ नम्बर कोठामा कार्कीलाई छुट्टै कार्यकक्ष, पत्र लिन गएनन्

Onlinekhabar •
November 05, 2026 • 11:31 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि सरकारले छुट्टै ‘विशेष सुरक्षा सल्लाहकार’ को पद सिर्जना गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी स्थापित गरिएको उक्त पदको पत्र लिन निवर्तमान आईजीपी …

प्रधानमन्त्री कार्यालयको २०७ नम्बर कोठामा कार्कीलाई छुट्टै कार्यकक्ष, पत्र लिन गएनन्

१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीका लागि सरकारले छुट्टै ‘विशेष सुरक्षा सल्लाहकार’ को पद सिर्जना गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी स्थापित गरिएको उक्त पदको पत्र लिन निवर्तमान आईजीपी कार्की बिहीबार सिंहदरबा गएनन् ।

बरू, उनी सरकारविरुद्धकै रिट लिएर सर्वोच्च अदालत गए ।

हिजो मात्रै बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नियुक्त गरेको थियो ।

कार्कीलाई भने नयाँ दरबन्दी सिर्जना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनेगरी निर्णय लिएको थियो ।

यद्यपि, उनी बिहीबार प्रधानमन्त्री कार्यालय गएनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार, उनलाई पनि कोठाको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीको टिमको सल्लाहकार, सचिवहरू र अरु व्यक्तिलाई प्रधानमन्त्री कार्यालयमा कार्यालय व्यवस्थापनका लागि कुनै समस्या नहुने बताउँछन् ।

‘यहाँ कार्यालयमा हामीसँग अतिरिक्त कोठा भइ नै हान्छन्, अतिरिक्त सचिव, सचिवहरू लगायत अरू कामलाई कार्यकक्ष व्यवस्थापन भएकै हुन्छ,’ अर्यालले भने, ‘त्यसक्रममा सुरक्षा सल्लाहकारका लागि पनि कोठा व्यवस्थापन गरिएको हुनुपर्छ ।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, उनलाई प्रधानमन्त्री कार्यालयको कोठा नम्बर २०७ मा कार्यकक्षको व्यवस्थापन गरिएको छ ।

उनलाई नेपाल सरकारको सचिवसरह हुनेगरी सुविधा मिलाइएको स्रोत बताउँछ । सरकारका सचिवलाई आफ्नै कार्यकक्ष, सवारी साधन र सुरक्षा पनि उपलब्ध गराउने गरिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
17h ago
प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गरिएका कार्कीले आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरु"द्ध सर्वोच्च अदालतमा रि"ट दायर गरेका छन्। सरकारले उनको कार्यकक्षसमेत तय...

#कार्की #कोठा #पत्र
Compare →
Nagarik News
3d ago
मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

#कार्की
Compare →
Ekantipur
4d ago
बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन्

#पत्र
Compare →

Related Stories

Politics & Governance
Build #2611