Trending
Prev Story
Next Story

म कमजोर धरातलमा उभिएको छैन : गगन थापा

Onlinekhabar •
November 05, 2026 • 11:00 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नैतिक धरातल कमजोर नभएको प्रष्टीकरण दिएका छन्। बिहीबार एक भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको आधिकारिकताको विषयलाई लिएर आफूलाई विवादमा मुछिएको भन्दै खण्डन गरेका हुन्। बिचौलिया …

म कमजोर धरातलमा उभिएको छैन : गगन थापा

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नैतिक धरातल कमजोर नभएको प्रष्टीकरण दिएका छन्। बिहीबार एक भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको आधिकारिकताको विषयलाई लिएर आफूलाई विवादमा मुछिएको भन्दै खण्डन गरेका हुन्।

बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई बदनाम गर्न खोजिएको उनको भनाइ छ । ‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भनेका छन्, ‘मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् । यति नभएको भए लड्ने आँट आउँथ्यो ?’

यो पनि पढ्नुहोस कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन: गगन थापा

विगतमा आफूभन्दा शक्तिशाली सरकारका गलत कामको समेत विरोध गर्दै आएको उनको भनाइ छ। उनले आफ्नै पार्टी नेतृत्वको सरकारलाई पनि आफूले प्रश्न गर्न नछोडेको सम्झिँदै उनले भने, ‘म आज मात्र हो ? योभन्दा बलियो सत्ता भएको समयमा गलत गरेको बेला त्यससँग लडेर प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदा पनि गलत हुँदा बोल्न छाडिनँ। बोल्ने आँट कहाँबाट आउँछ ? कतै कमजोर भएको भए, मेरो स्वच्छता र इमानदारीमा सम्झौता गरेको भए बोल्ने आँट आउँथ्यो ? आउँदैनथ्यो ।’

पटक–पटक विभिन्न विवाद र चुनौतीको सामना गरेर आफू अघि बढेको उनको भनाइ छ । ‘मेरो वरिपरि विवाद ल्याइएको छ । व्यापक रूपमा मेरो चरित्रमाथि प्रश्न गरिएको छ । प्रत्येक पटक लडेर आएको हुँ म, प्रत्येक पटक बाँचेर आएको हुँ । ढलेको छैन नि म । किन थाहा छ ?,’ उनले थपे, ‘तपाईंहरूको शुभेच्छा, आशिर्वाद आफ्नो ठाउँमा छ । सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो । यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठिक ठाउँमा उभिएको छु । त्यसैले ढुक्क रहनुस्।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Hamro Patro News
1d ago
भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस #थापा
Compare →

Related Stories

World News
Build #2611