Trending
Prev Story
Next Story

दशौं राष्ट्रिय खेलकुदको तयारी: कोशीका १ सय ४४ प्रशिक्षकलाई प्रशिक्षण

Ekantipur •
November 05, 2026 • 10:31 AM
1
1 reads 0 reactions

सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा पदक जित्ने लक्ष्यसहित इटहरीमा कोशी प्रदेशका १४ जिल्लाका १४४ प्रशिक्षक सहभागी दुईदिने कार्यक्रम भइरहेको हो।

दशौं राष्ट्रिय खेलकुदको तयारी: कोशीका १ सय ४४ प्रशिक्षकलाई प्रशिक्षण

सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा पदक जित्ने लक्ष्यसहित इटहरीमा कोशी प्रदेशका १४ जिल्लाका १४४ प्रशिक्षक सहभागी दुईदिने कार्यक्रम भइरहेको हो।

सुनसरी — सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र खेलाडीको प्रदर्शन प्रभावकारी बनाउने उद्देश्यले प्रदेश खेलकुद विकास बोर्डले प्रशिक्षकका लागि विशेष प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

बोर्डले इटहरीमा बिहीबारदेखि दुईदिने ‘प्रशिक्षक रिफ्रेसर कोर्स’ आयोजना गरेको हो । प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलाडीलाई उत्कृष्ट प्रदर्शन गराउँदै पदक जिताउने तयारीस्वरूप प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएर आएका विभिन्न खेलका १ सय ४४ जना प्रशिक्षक सहभागी छन् । प्रशिक्षकको क्षमता अभिवृद्धि, खेल प्रशिक्षणका नयाँ विधि तथा प्रविधिबारे जानकारी गराउने र खेलाडीको प्रदर्शन सुधार गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको हो ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गरिन् । उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गरिन् । प्रशिक्षकको दक्षता र प्रभावकारी प्रशिक्षणले खेलाडीको क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले आसन्न दशौं राष्ट्रिय खेलकुदमा पदक जित्न प्रशिक्षकको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरूका लागि अभिमुखीकरणको व्यवस्था मिलाइएको बताए ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागका पूर्वनिर्देशक सारथि सेन गुप्तालगायतले प्रशिक्षण दिने कार्यक्रम छ । उनीहरूले खेल प्रशिक्षणका आधुनिक विधि, प्रशिक्षकको भूमिका, खेलाडीको क्षमता पहिचान तथा प्रतियोगिताका लागि आवश्यक तयारीका विषयमा प्रशिक्षण दिनेछन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलाडी र प्रशिक्षकको क्षमता अभिवृद्धि तथा प्रदेशको समग्र खेल प्रदर्शन सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको बोर्डले जनाएको छ ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभा...

#खेलकुद #तयारी
Compare →
Onlinekhabar
16h ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#खेलकुद
Compare →
Nagarik News
2d ago
कोशीमा भाषा विधेयक कार्यान्वयनमा

कोशीमा भाषा विधेयक कार्यान्वयनमा

कोशी प्रदेश सरकारले नेपाली भाषासहित १४ वटा भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ ।

#कोशी
Compare →

Related Stories

Technology
Build #2612