Trending
Prev Story
Next Story

इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

Onlinekhabar •
November 05, 2026 • 10:30 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको बताएकी छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको …

इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

१९ कात्तिक, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको बताएकी छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निवासमा रहनुले सत्ताको चरम दुरुपयोगका साथै प्रमाण नष्ट हुने आशङ्का देखिएको बताएकी हुन् ।

उनले सुशासनको नारा दिएर आएको सरकारले कानुनी र नैतिक हिसाबले यसको जवाफ दिनुपर्ने उल्लेख गरिन् ।

प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको सल्लाहकारको निजी निवासमा पुग्नु, म्यासेज डिलिट हुनु, स्क्यान गरिनु जस्ता विषयहरू गम्भीर रहेको उनले बताइन् ।

‘यस विषयमा जोडिएका व्यक्तिहरूमाथि छानविन हुनुपर्छ,’ उनले भनिन् ।

अर्यालले नेपाल प्रहरी कुनै दल वा व्यक्तिको निजी संस्था नभई राज्यको एक व्यावसायिक, स्वतन्त्र संस्था भएकाले यसमाथिको हस्तक्षेपले शान्ति सुरक्षालाई कमजोर बताइन् ।

अर्यालले अहिलेको सरकार रास्वपा नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहीता पनि रास्वपाले लिनुपर्ने तर्क गरिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
8h ago
छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

#अर्याल
Compare →
Hamro Patro News
3d ago
नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताएका छन् । नेपाल संवत् ११४७ (नयाँ वर्ष) को अवसरमा न्हूँद राष्ट्रिय...

#अर्याल
Compare →
Ekantipur
3d ago
साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

साख्वाःले लोकतन्त्रको अनुपम उदाहरण प्रस्तुत गरेका थिए : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् वर्ष गणना मात्र नभई ऐतिहासिक सभ्यता, मौलिक संस्कृति र राष्ट्रिय पहिचानको जीवन्त संस्कृति भएको बताएका छन् ।

#अर्याल
Compare →

Related Stories

Politics & Governance
Build #2612