Trending
Prev Story
Next Story

मुकुलको आरोप : ‘डिजिटल नेपाल’का नाममा अनुत्पादक एप बनाएर जनताको कर दुरुपयोग

Nagarik News •
November 13, 2026 • 06:55 AM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा समेत यस्तो बेथिति देखिएको भन्दै ढकालले मन्त्रालयहरू जनताले प्रयोग नै नगर्ने एप बनाउन केन्द्रित भएको आरोप लगाए।

मुकुलको आरोप : ‘डिजिटल नेपाल’का नाममा अनुत्पादक एप बनाएर जनताको कर दुरुपयोग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकको अवस्था सुधार्नुको सट्टा खाल्डाखुल्डीको फोटो अपलोड गर्न लगाउने एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको बताएका छन्।

उनले जताततै खाल्डाखुल्डी र जीर्ण सडक भएको देशमा विकसित देशको सिको गर्दै ‘सडक सुझाव’ जस्तो एप बनाउनुको औचित्यमाथि प्रश्न उठाउँदै यस्तो बताएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा समेत यस्तो बेथिति देखिएको भन्दै ढकालले मन्त्रालयहरू जनताले प्रयोग नै नगर्ने एप बनाउन केन्द्रित भएको आरोप लगाए।

उनले प्रधानमन्त्री शाहले अनावश्यक एप निर्माण नियन्त्रण गर्न ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ स्थापना गरे पनि डिजिटल नेपालको नाममा अनावश्यक एप बनाउने र राज्यको ढुकुटी खर्च गर्ने प्रवृत्ति नरोकिएको बताए।

'जताततै खाल्डैखाल्डा भएको र पाइलैपिच्छे सडक जीर्ण रहेको देशमा, आकलझुकल मात्र खाल्डा पर्ने विकसित देशको सिको गर्दै 'सडक सुझाव' जस्तो एप बनाइनु सरासर जनताले तिरेको करको दुरुपयोग हो,' उनले भनेका छन्।

ढकालले अनुत्पादक डिजिटल खर्च र प्रशासनिक बेथितिमाथि सरकारले कडा लगाम लगाउनुपर्ने मागसमेत गरेका छन्।

'जनतालाई एपमा खाल्डाको फोटो खिचेर अपलोड गर्ने झन्झट होइन, प्रत्यक्ष रूपमा सुरक्षित र चिल्लो सडक चाहिएको छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यस्ता अनुत्पादक डिजिटल खर्च र प्रशासनिक बेथितिमाथि सरकारले कडा लगाम लगाओस्।'

प्रकाशित: २७ कार्तिक २०८३ १२:४० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
7h ago
खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्न ‘सडक सुझाव’ जस्तो एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको टिप्पणी गरेका छन् ...

#ढकाल #मुकुल
Compare →

Related Stories

World News
Build #2611