Trending
Prev Story
Next Story

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

Onlinekhabar •
November 05, 2026 • 09:01 AM
1
1 reads 0 reactions

१९ कात्तिक, बेइजिङ (रासस/एपी)। चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो …

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

१९ कात्तिक, बेइजिङ (रासस/एपी)। चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो ।

मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ सहरका अभियोजनकर्ताहरूले माले नेतृत्वदायी पदमा रहँदा असाधारण रूपमा ठूलो रकम घुस लिएको र अरूलाई अनुचित लाभ पुर्‍याएको आरोप लगाएका छन् ।

सन् २०२२ मा पोलिटब्युरो सदस्य बन्नुभएका माविरुद्धको अनुसन्धान गत अप्रिलमा सार्वजनिक भएको थियो । त्यतिबेला उनीमाथि पार्टी अनुशासन र राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको थियो । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानमा कारबाहीमा पर्ने पछिल्लो वरिष्ठ अधिकारी हुन्।

गत साता सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनले अनुशासन सुदृढ गर्ने र भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने प्रस्ताव पारित गरेको थियो । बैठकले मा सहित ३० भन्दा बढी वरिष्ठ अधिकारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको थियो । निष्कासित हुनेमा यसै वर्षको सुरुसम्म सेनाको नेतृत्वमा रहेका एक वरिष्ठ जनरल पनि हुन्।

पोलिटब्युरोमा २४ सदस्य रहेकामा पछिल्लो समय मा र दुई सैन्य जनरल गरी तीन जना हटाइएका छन् । विश्लेषकहरूका अनुसार भ्रष्टाचारविरोधी अभियान भ्रष्टाचार नियन्त्रणसँगै राष्ट्रपति सीप्रतिको राजनीतिक निष्ठा सुनिश्चित गर्ने माध्यमसमेत बनेको छ ।

मा सन् २०२५ सम्म सिन्जियाङ क्षेत्रको कम्युनिष्ट पार्टी प्रमुख थिए । त्यसअघि उनले हङकङसँग सीमा जोडिएको चीनको प्रमुख औद्योगिक प्रान्त गुआङ्दोङको गभर्नरका रूपमा काम गरेका थिए। चिनियाँ शासन प्रणालीमा प्रान्तीय गभर्नरभन्दा कम्युनिष्ट पार्टीका प्रमुखको पद शक्तिशाली मानिन्छ ।

पेसाले इन्जिनियर रहेका माले स्थानीय सरकारमा प्रवेश गर्नुअघि एयरोस्पेस उद्योगमा काम गरेका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

१९ कात्तिक, बेइजिङ (रासस/एपी)। चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिह...

#अभियोग #घुस #चिनियाँ
Compare →
Ekantipur
5d ago
इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग

#अभियोग
Compare →
Nagarik News
1w ago
विदेशी शक्तिसँग मिलेर चीनविरोधी गतिविधि गरेको अभियोगमा वोङलाई थप १० वर्ष जेल सजाय

विदेशी शक्तिसँग मिलेर चीनविरोधी गतिविधि गरेको अभियोगमा वोङलाई थप १० वर्ष जेल सजाय

हङकङका प्रजातन्त्र समर्थक नेता जोशुआ वोङलाई विदेशी शक्तिसँग मिलेर चीन र हङकङविरुद्ध गतिविधि गरेको अभियोगमा थप १० वर्ष जेल सजाय सुनाइएको छ।

#अभियोग
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#अभियोग
Compare →

Related Stories

Politics & Governance
Build #2611