जहाजमा लागेको आगो निभाउन सहयोगका लागि गएको एउटा नाऊमा समेत आगलागी भएको सुरक्षा अधिकारीहरूले बताएका छन्
वासिङ्टन — इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी)ले बिहीबार हर्मुज जलमार्गमा अनधिकृत मार्ग प्रयोग गर्ने प्रयास गरेका दुईवटा तेल ट्यांकर आगलागीमा परेको जनाएको छ । अर्को छुट्टै घटनामा एउटा जहाज तान्ने नाऊ (टग्बोट) मा आगलागी भएको आइआरजीसीले जनाएको छ।
आइआरजीसीका अनुसार हर्मुजको दक्षिणी क्षेत्रको जलमार्ग पार गर्ने क्रममा एउटा तेल ट्याङ्कर समुद्री धराप (माइन) ठोक्किएको थियो । त्यसैगरी, सोही जलमार्गको पूर्वी भागबाट बाहिरिने क्रममा अर्को सुपरट्याङ्करमा पनि आगलागी भएको छ ।
उक्त दोस्रो जहाजमा लागेको आगो निभाउन सहयोगका लागि गएको एउटा नाऊमा समेत आगलागी भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
विश्वको प्रमुख तेल व्यापारिक मार्ग मानिने यस क्षेत्रमा भएको यस घटनाले सुरक्षा चिन्तालाई थप बढाएको छ। घटनाका बारेमा थप विवरण आउन बाँकी छ।