Trending
Prev Story
Next Story

अमेरिकामा डेमोक्र्याटको जितपछि कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल

Nagarik News •
November 05, 2026 • 06:46 AM
1
1 reads 0 reactions

अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको हार र डेमोक्र्याटहरूको जितपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको छ भने सेयर बजारमा उछाल आएको छ।

अमेरिकामा डेमोक्र्याटको जितपछि कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल

अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको हार र डेमोक्र्याटहरूको जितपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको छ भने सेयर बजारमा उछाल आएको छ।

बुधबार दिउँसो कच्चा तेलको विश्वव्यापी मूल्य निर्धारणको मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल करिब ९५ डलरमा झरेको थियो। यो पछिल्लो दुई महिनायताकै न्यून मूल्य हो।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘इरानसँगको युद्धका कारण रिपब्लिकनहरूले चुनाव हारेको’ बताएपछि तेलको मूल्यमा गिरावट आएको हो।

भान्सको टिप्पणीपछि लगानीकर्ताहरूले मध्यपूर्वमा द्वन्द्व थप चर्किने जोखिमबारे पुनर्मूल्यांकन गरेका छन्।

भान्सले युद्ध अन्त्य गर्ने, जीवनयापनको लागत घटाउने विषयमा ध्यान केन्द्रित गर्ने र इजरायलसँग अमेरिकाको सम्बन्धको समीक्षा गर्ने आह्वान गरेका थिए। बजारले उनको यस अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको देखिएको छ।

निर्वाचनको नतिजालाई मध्यपूर्वमा तनाव कम हुने संकेतका रूपमा हेरिएको छ।

बुधबार अमेरिकी सेयर बजारका प्रमुख सूचकांकमा तीव्र वृद्धि देखिएको थियो। डाउ जोन्स इन्डस्ट्रियल एभरेजमा ३ प्रतिशतको उछाल आएको थियो।

एसएन्डपी ५०० मा १.६ प्रतिशत र प्रविधि कम्पनीका सेयर समेटिएको न्यास्डाक कम्पोजिटमा १.४ प्रतिशत वृद्धि भएको थियो।

प्रकाशित: १९ कार्तिक २०८३ १२:३१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
जेन्सेन हुआङको आकस्मिक राजीनामाले एनभिडियामा हलचल:  सेयर बजारमा पहिरो, अमेरिका–चीन प्रविधि तनाव पुनः चर्कियो

जेन्सेन हुआङको आकस्मिक राजीनामाले एनभिडियामा हलचल: सेयर बजारमा पहिरो, अमेरिका–चीन प्रविधि तनाव पुनः चर्कियो

सान्टा क्लारा, क्यालिफोर्निया– कृत्रिम बुद्धिमत्ता (एआई) क्रान्तिको ३३ वर्ष लामो नेतृत्वमा नाटकीय पूर्णविराम लगाउँदै जेन्सेन हुआङले सन् २०२६ नोभेम्बर १२, बिहीवारका दिन एनभिडियाको प्रमुख कार्यकारी अ...

#शेयर-बजार #अमेरिका #बजारमा
Compare →
Ekantipur
8h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #बजारमा
Compare →
Onlinekhabar
8h ago
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको …

#शेयर-बजार #घट्यो
Compare →
Bizshala
1d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

World News
Build #2611