Trending
Prev Story
Next Story

प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेको प्रश्न : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको हो ?

Onlinekhabar •
November 05, 2026 • 07:31 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको कदमको आलोचना गरेका छन् । आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन …

प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेको प्रश्न : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको हो ?

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको कदमको आलोचना गरेका छन् । आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ? भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन् । विस्थापित सुकुम्बासीको बेहाल छ । महँगीले जनजीवन आक्रान्त छ । देश गम्भीर संकटतिर फस्दैछ । तर, सरकारको प्राथमिकता आईजीपी हटाउनेमा भयो,’ उनले बिहीबार भनेका छन् ।

उनले प्रहरी महानिरीक्षक कार्कीलाई कुन मुद्धा, तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्नेबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । सरकारका प्रवक्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताको अभिव्यक्तिमा समेत विरोधाभास देखिएको भन्दै उनले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्न गरेका छन् ।

‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ?’ आङ्देम्बेले प्रश्न गरेका छन् ।

उनले एउटा बिचौलियाको मोबाइल प्रहरीले अनुसन्धानका लागि बरामद गरे पनि उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन् ।

‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो ? मोबाइलमा भएको के मेटाउनु थियो ?’ उनले प्रश्न गरेका छन् ।

आङ्देम्बेले प्रहरी संगठनलाई राजनीतिक नियन्त्रणमा राख्ने प्रयास सुशासन नभई शक्ति प्रदर्शन भएको टिप्पणी गरेका छन् । जनताले वर्तमान सरकारलाई सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवनस्तर बदल्न मत दिएको उल्लेख गर्दै उनले सत्ता र शक्तिको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् ।

‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ । यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक सहमति जुट्न नसक...

#प्रतिपक्षी
Compare →
Nagarik News
11h ago
सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्।

#आङ्देम्बे
Compare →

Related Stories

Politics & Governance
Build #2611