Trending
Prev Story
Next Story

नेपाल-अस्ट्रेलिया व्यापार तथा लगानी प्रवर्द्धन गर्न मन्त्री-राजदूत छलफल

Onlinekhabar •
November 05, 2026 • 07:01 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन र आर्थिक सहकार्यबारे  छलफल भएको छ । भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै …

नेपाल-अस्ट्रेलिया व्यापार तथा लगानी प्रवर्द्धन गर्न मन्त्री-राजदूत छलफल

१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन र आर्थिक सहकार्यबारे  छलफल भएको छ ।

भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक साझेदारीका नयाँ सम्भावना अघि बढाउने विषयमा कुराकानी भएको छ ।

त्यस अवसरमा मन्त्री साहले भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीको समयमा अस्ट्रेलिया सरकारले दिएको मानवीय सहयोग र सद्भावप्रति धन्यवाद दिए ।

आगामी दिनमा नेपाल र अस्ट्रेलियाबीच व्यापार विस्तार तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य थप सुदृढ बनाउँदै लैजाने विषयमा दुवै पक्षले विचारविमर्श गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ?

नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ?

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्त...

#राजदूत #साह
Compare →
Nagarik News
1d ago
अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको घोषणा गरेको हो। उनले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए।

#राजदूत
Compare →
Arthasansar
3d ago
आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

आठ वर्षपछि फेरि चर्चामा स्यान्डपेपर प्रकरण, वार्नरले उठाए क्रिकेट अस्ट्रेलियाको अनुसन्धानमाथि प्रश्न

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले सन् २०१८ को चर्चित ‘स्यान्डपेपर प्रकरण’मा टोलीका सबै सदस्यलाई बल टेम्परिङबारे जानकारी रहेको दाबी गरेका...

#अस्ट्रेलिया
Compare →

Related Stories

Business & Economy
Build #2611