Trending
Prev Story
Next Story

मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च पदक प्रदान

Onlinekhabar •
November 05, 2026 • 07:00 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च पदक प्रदान गरेका छन्। बिबिसीका अनुसार, युक्रेनलाई मानवीय सहयोगमा पुर्‍याएको 'महत्त्वपूर्ण व्यक्तिगत योगदान'का लागि मेलानिया ट्रम्पले 'अर्डर अफ प्रिन्सेस ओल्गा, फर्स्ट …

मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च पदक प्रदान

१९ कात्तिक, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च पदक प्रदान गरेका छन्।

बिबिसीका अनुसार, युक्रेनलाई मानवीय सहयोगमा पुर्‍याएको ‘महत्त्वपूर्ण व्यक्तिगत योगदान’का लागि मेलानिया ट्रम्पले ‘अर्डर अफ प्रिन्सेस ओल्गा, फर्स्ट क्लास’ पदक पाएकी छिन्।

युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको कब्जामा रहेको ओलेस्की सहरबाट सयौँ मानिसलाई बाहिर निकाल्न दिइएको युद्धविराम सकिएपछि यो सम्मान दिइएको हो।

उद्धार मिसनमा खटिएका ओम्बुड्सम्यानहरू र वरिष्ठ अधिकारीहरूसहितको रुसी र युक्रेनी प्रतिनिधिमण्डलले बिहीबार ट्रम्पको निमन्त्रणामा ह्वाइट हाउसमा भेटघाट गर्ने अपेक्षा गरिएको छ।

ह्वाइट हाउसका अनुसार मेलानिया ट्रम्पले दुई युद्धरत देशहरूबीच स्वतन्त्र रूपमा वार्ता सुरु गराएर सफलतापूर्वक युद्धविराम गराएकी छिन्।

ह्वाइट हाउसले थपेको छ, ‘यो उपलब्धि अमेरिकी प्रथम महिलाद्वारा गरिएको अभूतपूर्व कूटनीतिक पहल हो।’

युद्धविराम गराउन सहयोग गरेकोमा रुसी र युक्रेनी अधिकारीहरूले मेलानिया ट्रम्पलाई पटक-पटक धन्यवाद दिएका छन्। तर दुवै पक्षले यसमा उनको संलग्नताको प्रकृति वा सीमाबारे विस्तृत विवरण भने दिएका छैनन्।

बिहीबार ह्वाइट हाउस जाने प्रतिनिधिमण्डलमा युक्रेनका ओम्बुड्सम्यान डिमिट्रो लुबिनेट्स, उनका रुसी समकक्षी याना लान्ट्राटोभा, युक्रेनी सांसद डेभिड अराखामिया र वरिष्ठ रुसी अधिकारी किरिल डिमिट्रिएभ रहेका छन्।

लुबिनेट्स र लान्ट्राटोभाले गत हप्ता युक्रेनी र रुसी अधिकारीहरूबीचको असामान्‍य सहकार्यको रूपमा ओलेस्कीको सँगै भ्रमण गरेका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
युक्रेन शान्ति र युरोपको सुरक्षा व्यवस्थाबारे ट्रम्पका दूतले पुटिनसँग भेट गर्ने

युक्रेन शान्ति र युरोपको सुरक्षा व्यवस्थाबारे ट्रम्पका दूतले पुटिनसँग भेट गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनर र स्टिभ विटकफले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता तथा युरोप–रुसबीच नयाँ सुरक्षा व्यवस्था निर्माणबारे छलफल गर्न बिहीबार मस्कोमा रुसी राष्ट्...

#ट्रम्प #युक्रेन
Compare →
Bizshala
9h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन
Compare →
Nagarik News
12h ago
पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।

#ट्रम्प #युक्रेन
Compare →
Arthasansar
13h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2611