जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिल्लाका ग्रामीण तथा दुर्गम बस्तीमा शान्ति सुरक्षाको अवस्था बुझ्न लामो दूरीको गस्ती सुरु गरेको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले गस्ती बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमार्फत सीमा क्षेत्रदेखि सदरमुकाम जोमसोमसँग जोडिएका बस्ती तथा अति विकट क्षेत्रसम्म गस्ती सञ्चालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )