Trending
Prev Story
Next Story

बाढीको कहर चिर्दै इङ्वा हाइड्रोपावर ७५ लाख नाफामा, अन्य सूचक कस्ता ?

Arthasansar •
November 05, 2026 • 05:34 AM
1
1 reads 0 reactions

प्राकृतिक विपद् र बाढीको क्षति व्यहोरेको इङ्वा हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको नाफामा आकर्षक र उत्साहजनक...

बाढीको कहर चिर्दै इङ्वा हाइड्रोपावर ७५ लाख नाफामा, अन्य सूचक कस्ता ?

प्राकृतिक विपद् र बाढीको क्षति व्यहोरेको इङ्वा हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको नाफामा आकर्षक र उत्साहजनक वृद्धि भएको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। ताप्लेजुङ र पाँचथर जिल्लामा अवस्थित ९.७ मेगावाट क्षमताको माथिल्लो इङ्वा खोला जलविद्युत् आयोजना जेठ २०८३ मा आएको भीषण बाढीका कारण पूर्ण रूपमा बन्द भए पनि कम्पनीको व्यवस्थापनले छोटो समयमै पुनर्निर्माण सम्पन्न गरी उत्पादन सुचारु गरेपछि वित्तीय स्थितिमा सकारात्मक सुधार आएको हो।

समीक्षा अवधिमा कम्पनीले ७५ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको (५६.०१ लाख रुपैयाँ) तुलनामा ३४.३२ प्रतिशतको उच्च वृद्धि हो।  बाढीका कारण आयोजना ठप्प भएपछि कम्पनीले साउन २१ मा युनिट १ र भदौ २३ मा युनिट २ पुनः सञ्चालनमा ल्याएको थियो। उत्पादन आंशिक अवधि मात्र भए पनि समीक्षा अवधिमा कम्पनीले सञ्चालनबाट ४ करोड ८४ लाख रुपैयाँ विद्युत् बिक्री आम्दानी हासिल गरेको छ। यसका अतिरिक्त, आयोजनाको भौतिक क्षति र उत्पादन अवरोध बापत बीमा कम्पनीबाट प्राप्त भएको २ करोड रुपैयाँको अग्रिम दाबी भुक्तानीले कम्पनीको वित्तीय जगलाई बलियो सहारा दिएको छ। यसले गर्दा कम्पनीको सञ्चालन मुनाफा ३ करोड ३० लाख ४९ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च गत वर्षको ३ करोड ४ लाख रुपैयाँबाट घटेर २ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफा वृद्धिमा थप सहयोग पुर्‍याएको छ। कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा कोष ५ करोड ३९ लाख रुपैयाँ ऋणात्मक छ। वित्तीय परिसूचकहरूतर्फ, कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी गत वर्षको ३ रुपैयाँ ७३ पैसाबाट बढेर ५ रुपैयाँ २ पैसा पुगेको छ। यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
7h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Hamro Patro News
5d ago
भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानको शिक्षामा के गरिँदै छ?

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ताका सन्तानको शिक्षामा के गरिँदै छ?

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि बढाएको छ। प...

#बाढी
Compare →
Bizshala
7h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#बाढी
Compare →
Onlinekhabar
5d ago
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने

२२ कात्तिक, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीका कारण प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब २१ करोड लाग्ने देखिएको छ । राष्ट्रिय योजना आयोगको रसुवा–भाटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र विपद्पछिको आवश्यकता …

#बाढी
Compare →

Related Stories

Science & Climate
Build #2611