अमेरिका : अमेरिकी मध्यावधि निर्वाचनले अमेरिकी राजनीतिमा महŒवपूर्ण शक्ति परिवर्तन गरेको छ। राष्ट्रपति डोनाल्ड जे ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमाएको छ भने डेमोक्रेटले सिनेट (माथिल्लो सदन) र हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभामा) मा नियन्त्रण हासिल गर्न सफल भएको छ। विश्लेषकहरूले अमेरिकामा ट्रम्प युग अन्त्यको सुरुवात भएको टिप्पणी गरेका छन्।
अमेरिकामा मेलमार्फत समेत मतदान गर्न सकिने व्यवस्था भएकाले निर्वाचनको अन्तिम नतिजा आइनसके पनि अग्रिम मतदानमार्फत प्राप्त मत र नोभेम्बर ३ मा भएको मतदानमा खसेको मत गणनापश्चात् प्रतिस्पर्धी उम्मेदवारको बीचमा विजयी भएका उम्मेदवारको मतान्तर र मेलमार्फत प्राप्त भएका मतको संख्याभन्दा बढी भएको अवस्थाबीच मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो। जसअनुसार डेमोक्रेटले अमेरिकी कंग्रेसमा पकड जमाउने अवस्था देखिएको छ। साथै, राज्यसत्तामा पनि डेमोक्रेटले महत्वपूर्ण सफलता प्राप्त गरेको छ। मध्यावधी चुनाव अघि राज्यसत्तामा नभएको कतिपय राज्यहरूमा पनि डेमोक्रेट विजयी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )