Trending
Prev Story
Next Story

केपी ओली सत्तामा हुँदा कसैको सुन्दैनथे, बालेन पनि कसैलाई सुन्दैनन् : बस्नेत

Nagarik News •
November 05, 2026 • 03:04 AM
1
1 reads 0 reactions

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको कायशैलीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गरेका छन्।

केपी ओली सत्तामा हुँदा कसैको सुन्दैनथे, बालेन पनि कसैलाई सुन्दैनन् : बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको कायशैलीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गरेका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापालाई सरकारले पक्राउ गर्ने चर्चाका बिच बस्नेतले विरोधीलाई ठीक पार्ने तौरतरिका, रबैया र कार्यशैली समान रहेको भन्दै उक्त टिप्पणी गरेका हुन्।

बस्नेतले भने, ‘केपी शर्मा ओली सत्तामा हुँदा कसैको सुन्दैनथे। बालेन पनि कसैलाई सुन्दैनन्। यी दुवै बदलाको भावबाट प्रेरित छन्। प्रतिशोधपूर्ण शासनलाई नै यिनीहरू शासन र सुशासन ठान्दछन्।’

केपी शर्मा ओलीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको स्मरण गराउँदै बस्नेतले जसरी तत्कालीन अवस्थामा कुलमान हटाइएका थिए त्यसरी नै बालेनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएको दाबी गरेका छन्। सत्ता भनेको मुख्यतः विरोधीलाई ठीक पार्न हो भन्ने सोचले काम गरेको उनको भनाइ छ।

केपी ओलीका उत्तराधिकारीले केपी ओलीबाट गतिलो पाठ सिक्नुपर्नेे उनको टिप्पणी छ।

प्रकाशित: १९ कार्तिक २०८३ ०८:४९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, …

#केपी-ओली #केपी #ओली
Compare →
Hamro Patro News
4d ago
नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् । तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना...

#केपी-ओली #केपी #ओली
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
3d ago
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2611