समयसँगै यो समाज पनि बदलिदै छ । मानिसका सोच, सपना, आवश्यकता र जीवनशैली पनि परिवर्तन हुँदै गएका छन् । कुनै समय एउटै घरको आँगनमा हजुरबा, हजुरआमा, बुवाआमा, छोराछोरी, बुहारी र नातिनातिना सँगै बसेर सुखदुःख बाँड्ने नेपाली समाज आज बिस्तारै फरक स्वरूपमा परिवर्तन भइरहेको छ । गाउँदेखि सहरसम्मका घरहरूबाट युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । कसैका लागि विदेश जानु बाध्यता बनेको छ, कसैका लागि रहर, त कसैका लागि आर्थिक अवस्था सुधार्ने माध्यम त कसैका लागि उच्च शिक्षा हासिल गरेर आफ्नो जीवनलाई नयाँ उचाइमा पुर्याउने सपना ।
आज हजारौँ नेपाली खाडी मुलुकका चर्को घाममा पसिना बगाइरहेका छन् । कोही निर्माण क्षेत्रमा, कोही होटल तथा रेस्टुरेन्टमा, कोही अस्पतालमा त कोही विभिन्न उद्योग र कलकारखानामा श्रम बेचेर परिवारको चुलो बालिरहेका छन् । आफ्ना सन्तानको भविष्य बनाउन, घरपरिवारको ऋण तिर्न र आर्थिक अवस्था सुधार्न उनीहरू विदेशी भूमिमा कठिन सङ्घर्ष गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )