Trending
Prev Story
Next Story

नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी

Onlinekhabar •
November 04, 2026 • 04:01 PM
2
2 reads 0 reactions

१८ कात्तिक, गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्ति पार्टीको नभई सरकारको निर्णय भएको बताएका छन् । बुधबार गोरखामा पत्रकार भेटघाट गर्दै बुर्लाकोटीले यस्तो बताएका हुन् । ‘आज …

नयाँ आईजीपी नियुक्ति रास्वपाको होइन, सरकारको निर्णय हो : कवीन्द्र बुर्लाकोटी

१८ कात्तिक, गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्ति पार्टीको नभई सरकारको निर्णय भएको बताएका छन् ।

बुधबार गोरखामा पत्रकार भेटघाट गर्दै बुर्लाकोटीले यस्तो बताएका हुन् ।

‘आज दिनभर म गोरखाको कार्यक्रममा भएकाले पार्टीको कुनै पनि तहमा संवाद गर्न पाएको छैन,’ बुर्लाकोटीले भने, ‘पछिल्ला दिनमा विकसित विभिन्न घटनाक्रमको विश्लेषण गर्दा यसो गर्दा उपयुक्त हुन्छ भन्ने सरकारलाई लाग्यो होला , र, त्यो गर्यो भन्ने लाग्छ ।’

उक्त निर्णय सरकारको रहेकाले सरकारका काममा पार्टीसँग सरसल्लाह नहुन पनि सक्ने उनले जिकिर गरे । उनले भने, ‘आईजीपी चेन्ज हुनुमा दुई वटा कुरा महत्वपूर्ण छ ।एउटा सञ्चारगृहमाथिको हस्तक्षेप अर्काे न्यायधीशहरूको विचौलियासँग को को जोडिए भन्ने । यी सबै घटनाक्रमलाई मध्यनजर गरेर आईजीपी परिवर्तनको निर्णय भएको हुनुपर्छ,’ बुर्लाकोटीले भने ।

सरकारले आजै नेपाल प्रहरीको आईजीपीबाट दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नियुक्त गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
12h ago
प्रदीप पौडेलको प्रश्न–‘आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ?’

प्रदीप पौडेलको प्रश्न–‘आईजीपी हटाउने सल्लाहकारको नैतिकता खोइ ?’

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषय उठाउँदै सरकारको नैतिकता र जवाफदेहितामाथि प्रश्न उ...

#आईजीपी
Compare →

Related Stories

Politics & Governance
Build #2611