Trending
Prev Story
Next Story

तर्सिएकै हुन् त गगन ? ओलीसँगको भेट रहस्यमै !

Hamro Patro News •
November 04, 2026 • 02:56 PM
1
1 reads 0 reactions

काठमाडौँ । मुलुकको राजनीति गर्मागर्मी हुँदै जाँदा नेपाली काँग्रेसका सभापति गगन थापाले सोमबार एक फेसबुक स्टाटस लेखेर भने, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’ तर गगनको यो स्टाटसको प्रमुख कारण र उ...

1 / 2
Swipe Photos

काठमाडौँ । मुलुकको राजनीति गर्मागर्मी हुँदै जाँदा नेपाली काँग्रेसका सभापति गगन थापाले सोमबार एक फेसबुक स्टाटस लेखेर भने, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’ तर गगनको यो स्टाटसको प्रमुख कारण र उदेश्य के थियो ? भन्ने प्रष्टता तत्काल हुन सकेन । यद्यपि अघिल्लो दिन प्रधानमन्त्री बालने शाहले पनि एक स्टाटस लेखेकाले गगनको संकेत सरकारतर्फनै थियो भन्ने अनुमान गरियो । गगनको स्टाटस अघि बालेनले फेसबुकमै भनेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’ अहिले यी दोहोरीपूर्ण स्टाटसको रहस्य विस्तारै खुल्दै गएको छ । गगन थापाले मंगलबार गुण्डुमै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल अघि बढाउनु र उही दिन प्रहरी हिरासतमा रहेका इनम सापकोटाले गगन थापालाई नै पोल्नेगरी दिएको वयानले स्टाटसको रहस्य खुलासा गरेको छ ।

इनमले वयानमा काँग्रेसको आधिकारिकता आफ्नो पक्षमा फैसला गराउन १८ करोड बुझाएको भनेर वयान दिएपछि गगन झस्किएका छन् । यो प्रकरणले कसैले तर्साउने प्रयास गरेपनि तर्सने बानी नपरेको भनेका गगनमाथि थप गम्भीर आशंकाको तीर सोझिएकोे छ ।

Read full story at source ( news24nepal.tv )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु …

#गगन-थापा #गगन
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

#गगन-थापा #गगन
Compare →

Related Stories

Politics & Governance
Build #2611