Trending
Prev Story
Next Story

तिहारलाई विद्युत् अवरोध नहुने गरी व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन

Nagarik News •
November 04, 2026 • 01:14 PM
1
1 reads 0 reactions

मन्त्री श्रेष्ठले चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।

तिहारलाई विद्युत् अवरोध नहुने गरी व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले बुधबार प्राधिकरण सञ्चाल समितिको बैठक अघि कार्यकारी निर्देशक तथा उच्च कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।

चाडपर्वका समयमा विद्युत् खपत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मागअनुसार पर्याप्त विद्युत् उपलब्ध हुने र कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिने व्यवस्था मिलाउन उनले स्पष्ट निर्देशन दिए।

त्यसैगरी, आगामी सुख्खा याममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावना समेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिए।

उनले सुख्खा याममा हुन सक्ने माग र उपलब्ध विद्युतको अवस्थाको यथार्थ मूल्यांकन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित आगामी बैठकमा विस्तृत कार्ययोजना र प्रस्तुतीकरण पेस गर्न निर्देशन दिए।

प्रकाशित: १८ कार्तिक २०८३ १८:५९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन

तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोबाइल गाडी तथा सीसी क्यामेरामार्फत निगरानी भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहर...

#व्यवस्थापन #तिहार #व्यवस्था
Compare →
Ekantipur
16h ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

#व्यवस्थापन #व्यवस्था
Compare →
Onlinekhabar
20h ago
बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुर व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

२७ कात्तिक, बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना …

#व्यवस्थापन #व्यवस्था
Compare →

Related Stories

Politics & Governance
Build #2611