Trending
Prev Story
Next Story

आईजीपी नियुक्ति विधिसम्मत छ : गणेश पराजुली

Ekantipur •
November 04, 2026 • 01:32 PM
1
1 reads 0 reactions

दानबहादुर कार्कीलाई सरकारको निर्णयविरुद्ध अदालत जाने र आफूमाथि भएको निर्णयको न्यायिक परीक्षण गराउने अधिकार रहेको रास्वपाका संसदीय दलका उपनेता पराजुलीले बताए ।

आईजीपी नियुक्ति विधिसम्मत छ : गणेश पराजुली

दानबहादुर कार्कीलाई सरकारको निर्णयविरुद्ध अदालत जाने र आफूमाथि भएको निर्णयको न्यायिक परीक्षण गराउने अधिकार रहेको रास्वपाका संसदीय दलका उपनेता पराजुलीले बताए ।

काठमाडौँ — रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विधिसम्मत भएको बताएका छन् ।

कान्तिपुर टेलिभिजनको टक शो 'फायरसाइड' मा कुराकानी गर्दै पराजुलीले भने, 'आईजीपीमा मनोज केसीको नियुक्ति कानुनसम्मत भएको हो,' उनले भने ।

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले बुधबार जिम्मेवारीबाट अलग गर्दै एआईजी मनोज केसीलाई आईजीपी नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउने निर्णय भएको जानकारी दिएका थिए ।

पराजुलीले संविधान र कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताए । उनले निर्णय प्रक्रियामा कानुनी प्रक्रिया (ड्यु प्रोसेस अफ ल) पालना हुनुपर्नेमा जोड दिए ।

कानुन सबै नागरिकका लागि बराबर हुने उल्लेख गर्दै उनले प्रधानमन्त्री, मन्त्री वा ठूलो दलका लागि छुट्टै कानुन नहुने बताए । 'हामी संविधान र कानुनभन्दा माथि हुन सक्दैनौं । विधिको शासन स्थापना हुनुपर्छ । नेपाली जनतासँग वाचा गरेर आएका हौं,' उनले भने ।

कार्कीलाई सरकारको निर्णयविरुद्ध अदालत जाने र आफूमाथि भएको निर्णयको न्यायिक परीक्षण गराउने अधिकार रहेको पनि उनले बताए ।

'आईजीपीलाई अदालतको ढोका ढकढक्याउने र आफूमाथि गरिएको निर्णयमाथि न्यायिक जाँच गर्न सक्ने सुविधा छ,' उनले भने ।

पराजुलीले कार्कीलाई जिम्मेवारीबाट अलग गर्ने निर्णय रास्वपा संसदीय दलले नगरेको पनि स्पष्ट पारे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी संगठनमा दुई जना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको दाबी गरेका छन् । सरकारले आफूलाई आईजीपीबाट हटाएर...

#आईजीपी #दानबहादुर #कार्की
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#आईजीपी #दानबहादुर #कार्की
Compare →
Onlinekhabar
1w ago
हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

२० कार्तिक, काठमाडौं । जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सल्लाहकार बनाइएका निवर्तमान प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आफूलाई पुरानै पदमा फर्काउनुपर्ने माग गरेका छन् । सरकारले कानूनी आधारविना नै आफूलाई पदमुक्त …

#आईजीपी #कार्की
Compare →
Nagarik News
1w ago
माजिद अन्सारीको प्रश्न : गलत भए आईजीपीबाट हटाएर सल्लाहकारमा नियुक्त किन ?

माजिद अन्सारीको प्रश्न : गलत भए आईजीपीबाट हटाएर सल्लाहकारमा नियुक्त किन ?

जेनजी अभियन्ता माजिद अन्सारीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

#आईजीपी #कार्की
Compare →

Related Stories

Politics & Governance
Build #2611